Premier Cables
Premier Steel

समाचार

जलाइएको रंगेली नगरपालिका पुनःतयार, सबै सेवा दिन शुरु

Calendar बुधबार, असोज २२, २०८२  | अपराह्न ३:५० बजे

विराटनगर । आन्दोलनकारी मोरङको रंगेली नगरपालिकामा आगजनी गरे । यसबाट ठूलो क्षति भयो ।

तर, दशैंको बेला पनि नगरपालिकाले जलेका संरचना पुर्ननिर्माणका काम गरिरहयो । यसकै परिणाम रंगेली नगरपालिका कार्यालय लगभग पुनः तयार भएको छ । रंगेलीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले सफाईपछि रंगरोगनको काम लगभग पूरा भएको जानकारी दिए ।

बिज्ञापन

उनले भने,‘‘कार्यालयबाट हुने काम नियमित गरिरहेका छौं । चारवटा वडाको काम पनि नगरपालिकाको परिसरमा टाँगिएको टेन्टबाट हुँदैछ ।’’

आन्दोलनको लभगभ एक महिनामै कार्यालय पुनः पूर्ण रुपमा संचालन गर्ने गरी तयार भईसकेको उनले बताए । रंगेली नगरपालिकाका चारवटा वडामा आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । नगरपालिका कार्यालयमा पनि आगजनी भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka