Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

कोसीको बाढीले बिहारमा बितन्डा, प्रभावित क्षेत्रका पीडितहरु उद्धार गरिदैं

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज २०, २०८२  | अपराह्न २:०२ बजे
Hamro Biratnagar Headlines

बिहार । बिहारको बालवा, तेलवा र बसबिट्टी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित भएका स्थानीय बासिन्दाहरूलाई नौसैनिकहरू र विपद् मित्रहरूको सहयोगमा सुरक्षापूर्वक उद्धार गरेको छ । कोशी नदीको बाढी बस्तीमा पसेको हो ।

बिहार सरकार अन्तर्गतको विपद् व्यवस्थापन विभाग र सूचना तथा जनसम्पर्क विभागको समन्वयमा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उद्धार टोलीले डुंगा तथा अन्य सुरक्षित साधनमार्फत बाढीबाट घेरिएका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ।

सरकारले स्थानीय बासिन्दाहरूलाई शान्त रहन र सरकारी निर्देशनको पालना गर्न आग्रह गरेको छ। साथै, अस्थायी शिविरहरूमा राहत सामग्री र स्वास्थ्य सेवाको व्यवस्था पनि गरिएको छ।

सरकारी निकायहरूले विपद् व्यवस्थापनका सबै उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka