Premier Cables

राष्ट्रिय

नेपाल र चीन जोड्ने मितेरी पुल बाढीले बगायो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | बिहान ७:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चीनतर्फको अबिरल वर्षाका कारण आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ।

विशेषगरी नेपाल–चीन सीमा क्षेत्र रसुवागढीमा रहेको मितेरी पुल बगाएको र भन्सार क्षेत्र पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

विज्ञापन

रसुवाका डिएसपी हेमबहादुर शाहीका अनुसार रसुवागढीस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) मा व्यापक क्षति पुगेको छ भने नेपाल–चीन जोड्ने मुख्य पुल बाढीले बगाएको छ। यस्तै, बाढीका कारण कैयौँ मालबाहक कन्टेनर पुरिएको र केही सवारीसाधनसमेत बगाएको पुष्टि भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आज बिहान करिब ३:१५ बजे भोटेकोशी नदीमा आएको हो। प्राधिकरणले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेको छ, “छिमेकी चीनतर्फको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुर्‍याएको छ। टिमुरेमा रहेको भन्सार यार्डसमेत बाढीले प्रभावित बनाएको छ।”

हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ। तर, नदीमा पानीको बहाव अझै उच्च रहेकोले तल्लो क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।

बाढीले सीमा व्यापार र यातायात व्यवस्था प्रभावित बनाएको छ, र पूर्ण विवरण संकलन कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka