Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका विभिन्न १७ स्थानमा सडक अवरुद्ध, आवागमन प्रभावित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | अपराह्न १२:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा हाल जारी सडक अवरोधका कारण आवागमनमा समस्या उत्पन्न भएको छ।

प्रदेश प्रहरी कार्यालय, कोशीले सार्वजनिक गरेको विवरण अनुसार झापा, पाँचथर, उदयपुर, धनकुटा, संखुवासभा, सुनसरी र इलामका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।

बिज्ञापन

पाँचथर जिल्लामा सबैभन्दा बढी असर परेको छ, जहाँ फाल्गुनन्द गाउँपालिका–३ को माङसे चौक, चिउरी चौक र मिङ्ग्रुम लगायत स्थानमा अवरोध देखिएको छ। यस्तै, कुम्मायक गाउँपालिका, तुम्वेवा, यासोक, फिदिम लगायत स्थानमा पनि अवरोध भएको जनाइएको छ। कतिपय स्थानमा पानीको बहावले र कतै भूस्खलनका कारण अवरुद्ध भएको हो।

उदयपुर जिल्लामा कटारी नगरपालिका–१४ को बदलपुरे खोल्सामा, सडक बाढीले बगाउँदा सिद्धिचरण लोकमार्ग प्रभावित भएको छ। यस्तै, सप्तकोशी नगरपालिका–१० मा ढुसे खोल्सामा पुल भाँचिएर आवागमन ठप्प भएको जानकारी दिइएको छ।

धनकुटा, संखुवासभा र सुनसरीका केही स्थानमा एकतर्फी यातायात मात्र सम्भव रहेको छ भने इलाम नगरपालिका–९ राजबुङबुङस्थित मेची लोकमार्गमा पनि सवारी आवागमन अवरुद्ध भएको छ।

प्रभावित प्रमुख सडक मार्गहरूमा मेची लोकमार्ग, फिदिम–फालोट सडक, मध्यपहाडी लोकमार्ग, तमोर करिडोर र सिद्धिचरण लोकमार्ग रहेका छन्।

प्रहरीले जनताको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न र सम्बन्धित स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक उद्धार र मर्मत कार्यका लागि सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka