Premier Cables
Premier Steel

विराटनगर

हाम्रो विराटनगर र रोयल प्लानर्सले सजाउंदै विराटनगरको काली मन्दिर

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको सान,धर्म र आस्थाको केन्द्र मानिने प्रसिद्ध काली मन्दिरमा हरेक वर्ष दसैँको समयमा हजारौँ भक्तजनहरू दर्शन गर्न आई रहेका छन् ।

विभिन्न गाउँहरूदेखि भारतसम्मबाट भक्तजनहरू भेला हुने यो मन्दिर दसैँको विशेष समयमा अत्यन्तै जीवित र पवित्र स्थल बन्ने गर्छ।

बिज्ञापन

तर यस वर्षको सुरुमा मन्दिर परिसरमा न सडकको राम्रो व्यवस्था थियो, न कुनै सजावट। सडकको अवस्था अत्यन्तै खराब भएकोले दर्शन गर्न आउने भक्तजनहरूले असहज महसुस गरेका थिए।

त्यसैगरी, कुनै किसिमको लाइट, गेट वा फूलबारी सजावट नहुँदा धेरै स्थानीय तथा बाह्य भक्तजनहरूले बिराटनगरको धर्मप्रतिको श्रद्धामा खल्लोपन महसुस गरे ।

यसै सन्दर्भमा, हम्रो विराटनगर मिडिया, श्री बालाजी एडभरटाइजिङ र रोयल प्लानर्स इभेन्ट कम्पनीको सहकार्यमा यसपालिको दसैँ विशेष अवसरमा काली मन्दिर क्षेत्रलाई विशेष रूपमा सजाइएको छ ।

योजनाअनुसार मन्दिरको मुख्य प्रवेशद्वारमा आकर्षक गेट निर्माण गरिनेछ। रातिको समयमा दर्शन गर्ने भक्तजनका लागि विशेष लाइटिङ्गको व्यवस्था गरिने रोयल प्लानर्सका सैयम साहले बताए

“सम्पूर्ण मन्दिर क्षेत्र फूल, झण्डा र सांस्कृतिक सजावटले झकिझकाउ बनाइने छ,” उनले भने ।

स्थानीय समुदायको भावना र श्रद्धालाई मध्यनजर राख्दै गरिएको यो कदमले विराटनगरको धार्मिक गरिमा थप उच्च बनाउने अपेक्षा गरिएको हाम्रो विराटनगर डटकम(क्रिसेन्ट मिडिया) का अध्यक्ष राहुल सोनीले बताए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka