Premier Cables
Premier Steel

समाचार

नारायणघाट-मुग्लिन सडक खुल्ने अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Calendar बुधबार, आश्विन ०८, २०८२  | बिहान ७:३० बजे

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५, तुइन खोलामा मंगलबार अपरान्ह फेरि पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।

ठूलो पहिरो खसेसँगै नारायणघाट-मुग्लिन सडक खण्ड मंगलबार खुल्ने सम्भावना कमजोर भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दिउँसो १ बजेदेखि नै अवरूद्ध बनेको यो सडक खण्ड अपरान्ह ५ बजेतिर झनै ठूलो पहिरो खसेपछि खुलाउन नसक्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

निरन्तर पहिरो झर्न नरोकिँदा पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसैबीच चितवन प्रहरीले स-साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

मंगलबार पहिरो हटाउन सम्भव नभएको र पहिरो हटाउन कम्तिमा एक दिन लाग्नसक्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

गत शुक्रबार साँझ पहिरो खस्दा करिब ४६ घण्टा यो सडक बन्द भएको थियो । त्यसयता पनि स-साना पहिरो खस्न रोकिएको थिएन ।

मंगलबार दिउँसोदेखि फेरि सडक बन्द हुँदा हजारौं यात्रु बाटोमै रोकिएका छन् । यसले सबैभन्दा बढी दशैंको बेला घर जाने यात्रुहरू मारमा परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka