Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशका सभामुख बिष्टले कहिले देलान् राजीनामा ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्यत्रका सांसदले राजीनामा बुझाई सकेका छन् । केहीअघि मात्र बाग्मती प्रदेश सभामा सभामुख भुवन पाठकले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

कोसी प्रदेश सभाका प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले यसबारे अहिल्यै केही बताएका छैनन् । तर, राजनीतिक वृत्तमा उनले कहिले राजीनामा दिन्छन् भन्ने चर्चा चल्न शुरु भएको छ ।

बिज्ञापन

कोसीमा सरकार गठनका क्रममा संख्या नपुग्ने भएपछि तत्कालीन सभामुख माओवादीका सांसद बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि बिष्ट प्रमुख दलकै सहयोगमा सभामुख नियुक्त भएका थिए । भामुख बिष्टले दशैंपछि राजीनामा बुझाउने तयारी गरेको बताइएको छ ।


यसरी भएका थिए सभामुख

प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट २०७९ पुस २४ गते सर्वसम्मत रूपमा चयन भएका थिए। माओवादी केन्द्रका बाबुराम गौतमको राजीनामापछि करिब पाँच महिनासम्म रिक्त रहेको सभामुख पदमा विष्टको नियुक्ति गरिएको थियो।

यो नियुक्ति कोशी प्रदेशको जटिल सत्ता समीकरण र अंकगणितको परिणामस्वरूप भएको थियो। कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जसपाको गठबन्धनले सरकार टिकाउन र बहुमत जोगाउन राप्रपालाई सभामुखको जिम्मेवारी सुम्पिएको हो।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्छ। सत्ता गठबन्धनसँग ४७ मत भए पनि, सभामुख आफ्नै दलबाट चयन गर्दा मतदानमा एक मत गुम्ने जोखिम थियो। किनभने सभामुखले निर्णायक अवस्थामा मात्र मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। यस कारण सरकार अल्पमतमा पर्ने सम्भावना बढेपछि सत्ता गठबन्धनले तटस्थ देखिने र समर्थनमा रहेको दललाई सभामुख बनाउने रणनीति अपनायो।

६ जना सांसद भएको राप्रपालाई सभामुख पद दिने सहमति त्यसै क्रममा भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आफ्नोतर्फबाट उम्मेदवार नउठाउने निर्णय गरेपछि विष्ट निर्विरोध सभामुख बनेका थिए। यो निर्णयले तत्कालको सत्ता संकट समाधान गर्‍यो।

रोचक पक्ष के थियो भने प्रदेशको संरचना खारेजीको माग गर्दै आएको दलले नै प्रदेशसभाको नेतृत्व पाएको थियो। केहीअघि एमाले र कांग्रेसले उनलाई हटाउन चाहेका थिए । तर, जेनजी आन्दोलन लगत्तै सबै प्रक्रिया अवरुद्ध हुन पुग्यो । अहिले कोसीमा एमाले र कांग्रेस गठबन्धनको सरकार छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka