Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

कोसीका सभामुख भन्छन् : संघीयता दह्रो बनाउन संचारक्षेत्रको पनि भूमिका छ

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले अम्बर बहादुर विष्टले संघीयता दह्रो बनाउन पत्रकारहरुको पनि उत्तिकै भूमिका रहेको बताएका छन् ।

विहीबार संसदीय पत्रकार मंच कोसी प्रदेशले विराटनगरमा आयोजना गरेको प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख विष्टले सभाका गतिविधि संचार माध्यममा धेरै सम्प्रेषण नहुने गरेको बताए । उनले भने,‘‘सभामा माननीय ज्यूहरुले गहन विषय बस्तुहरु उठान गर्नुहुन्छ तर त्यसले मिडियामा खासै प्राथमिकता पाउँदैनन् ।’’

बिज्ञापन

सभामुख विष्टले संसदीय मामिला सम्बन्धी रिर्पोटिङको क्षेत्र अझ धेरै विस्तार गर्न क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई बढाएर लैजानु पर्ने सुझाव दिए ।

उपसभामुख सिर्जना दनुवारले संसदीय मामिला पत्रकारिता विषयगत पत्रकारिता भएको भन्दै यसलाई जिल्लास्थित पत्रकारहरुका लागि पनि अवसर भएको बताइन । उनले संघीयता कार्यान्वयनको चरणमा रहेकोले सकारात्मक सन्देशका निम्ति पत्रकारहरुको भूमिका झन् चाहिएको बताइन । ‘‘अहिलेको डिजिटल युगमा संचारकर्मीको सकारात्मक भूमिका अझ बढेर गएको छ,’’ उनले भनिन् ।

अर्थ समितिका सभापति विनोद वान्तवाले पत्रकारिता क्षेत्र निकै फराकिलो बनिसकेको भन्दै संघीयता कार्यान्वयनमा पत्रकारको सकारात्मक जिम्मेवारी बढाएर लैजानु पर्ने सुझाव दिए । न्याय प्रशासन तथा विधायन समितिकी सभापति कमला दर्नालले मिडियामा अल्पसंख्यक समुदायका आवाजलाई पनि उत्तिकै स्थान दिइनु पर्नेमा जोड दिइन ।

पर्यटन पूर्वाधार समितिका सभापति होम थापाले जनतामाझ जनप्रतिनिधिलाई जोड्न र उनीहरुका समस्या उजागर गर्न पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य भएको बताए । कार्यक्रममा मंचले गरेको वर्षभरिका कार्यप्रगतिबारे सचिव सुमन सुस्केराले जानकारी गराएका थिए । मंचका अध्यक्ष कुमार लुइँटेलले जिल्लामा संसदीय पत्रकारिताको माहोल सिर्जना गर्न जिल्लामा कार्यरत पत्रकारहरुका लागि आधारभूत पत्रकारितादेखि विषयगत तालिम दिन शुरु गरिएको बताए ।

मंचले प्रमाणमा आधारित कानुन निर्माणका सरोकारवालासँगको छलफल, सार्वजनिक सुनुवाई, माननीयसँग संसदीय पत्रकार, प्रमाणमा आधारित विषय पहिचान जस्ता गतिविधि गर्दै आएको अध्यक्ष लुइँटेलले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka