Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका सभामुख हटाउने तयारी, पूर्वमुख्यमन्त्री कार्की र माओवादी सांसदको विरोध

Calendar बुधबार, भाद्र ०४, २०८२  | अपराह्न २:२९ बजे

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई पदबाट हटाउने तयारी सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले थालेका छन्। पछिल्लो समय प्रदेशसभामा दुई दलबीच सहकार्य मजबुत बनेसँगै सभामुख परिवर्तनको विषयमा आन्तरिक छलफल सुरु भएको हो। यद्यपि, औपचारिक प्रक्रिया भने सुरु भएको छैन।

विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद हुन् र उनी २०८० पुस २४ गते सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएका थिए। त्यतिबेला प्रदेशमा सरकार बनाउन आवश्यक ४६ सांसदको बहुमत जुटाउनका लागि फरक दलहरूबीच सहकार्य गरिएको थियो, जसमा राप्रपाको समर्थन महत्त्वपूर्ण थियो। त्यसै समय विष्टलाई सभामुख बनाइएको थियो।

बिज्ञापन

हाल कांग्रेस र एमालेबीच बलियो गठबन्धन बनेको छ, जसले प्रदेशसभामा ८४ सांसदको समर्थन पाएको छ। यसले राप्रपाको सहयोग विना नै सरकार चलाउन सक्ने स्थिति बनेको देखिन्छ। यही पृष्ठभूमिमा सभामुख परिवर्तनको तयारी गरिएको हो।

नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले यसबारे अनौपचारिक छलफल भएको पुष्टि गरेका छन्। तर प्रक्रिया कहिले सुरु गर्ने भन्ने विषयमा निर्णय नभएको बताएका छन्।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा पूर्वमुख्यमन्त्री केदार कार्कीले सभामुख फेर्ने तयारीप्रति आलोचना गरे। उनले भने, “हिजो सर्वसम्मत रूपमा चयन भएको सभामुखलाई आज फेरि किन हटाउने भन्ने प्रश्न उठ्छ। के यो पद बाँडफाँटको मात्रै हो कि प्रणाली व्यवस्थित गर्ने संयन्त्र हो?” उनले गणतन्त्रमा सबैलाई समेट्ने आवश्यकतामाथि जोड दिँदै, भिन्न मत राख्नेहरूलाई पनि संविधानले स्थान दिएको भन्दै आलोचना गरे।

कार्कीका अनुसार, संविधानमा प्रतिपक्षको व्यवस्था गरिएको छ र फरक दृष्टिकोण राख्नेहरूलाई व्यवस्थाबाट हटाउने प्रवृत्ति गलत हो। उनले कुनै पनि व्यक्ति संविधानअनुसार आएका छन् भने तिनलाई स्वीकार गर्नुपर्ने बताए।

कोशी प्रदेशसभामा हाल ९३ जना सांसद छन्, जसमा राप्रपाका ७ जना छन्। सभामुख विष्ट गत वर्ष साउन १६ मा बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त बनेको पदमा सर्वसम्मत रूपमा सभामुख बनेका थिए।

यद्यपि, अहिले सत्तारुढ गठबन्धनभित्र नयाँ समीकरण बनेसँगै उक्त पद फेरि पुनः बाँडफाँटको विषय बन्ने देखिएको छ। औपचारिक निर्णय नभए पनि दुई प्रमुख दल कांग्रेस र एमालेबीच यस विषयमा समझदारी बनिसकेको संकेत देखिएको छ।
माओवादी सांसद गणेश उप्रेतीले प्रतिनिधि सभाकी उपसभामुख विदेश भ्रमणमा रहँदा पदबाट हटाउने प्रयास गरेर नेपाललाई अन्तर्राष्ट्रिय रूपमा अपमानित बनाएको टिप्पणी गरेका छन्। उनले यो कार्य स्पष्ट रूपमा ओली–देउवा गठबन्धनले संवैधानिक परिषदमा बहुमत कायम गर्नका लागि चालिएको कदम भएको आरोप लगाए।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै उप्रेतीले उपसभामुखको पद निर्णायक कार्यकारी जिम्मेवारी नभए पनि संवैधानिक परिषदमा सदस्य रहने जिम्मेवारी भएकाले त्यसमा जनजातिको प्रतिनिधित्व हटाउने प्रयास भएको दाबी गरे। उनले कोसी प्रदेशमा पनि सभामुख हटाउनेबारे बन्द कोठामा छलफल भइरहेको चर्चा गर्दै यसले गलत राजनीतिक संस्कार बसाउने खतरा रहेको बताए।

उनले भने, “माथि उपसभामुख र तल कोसीमा सभामुख हटाउने प्रयास के संकेत हो? यो गठबन्धन कस्तो अभ्यास गर्दैछ?”

त्यसै बैठकमा माओवादी सांसद गोम्बु शेर्पाले नेपाललाई विश्वले बुद्धको जन्मभूमिका रूपमा चिनेको उल्लेख गर्दै बुद्ध दर्शन र बौद्ध मार्ग विश्वभर सम्मानित भएको बताए। नेपालीको अन्तर्राष्ट्रिय पहिचान गोर्खाली साहस र बुद्धको दर्शनले निर्माण भएको उल्लेख गर्दै उनले बौद्ध सम्बन्धित सम्पदाहरूको एकीकृत संरक्षण र व्यवस्थापन गर्न माग गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka