Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

सभामुख विष्टको गुनासो : ‘विराटनगर राजधानीजस्तो देखिँदैन’

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रदेश राजधानी विराटनगरको विकास र पहिचानको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कोसी प्रदेश सभा सचिवालयमा संसदीय मामिलाका पत्रकारहरूसँगको कुराकानीका क्रममा सभामुख विष्टले भने, “विराटनगरलाई राजधानी त बनायौं, तर राजधानीजस्तो अनुभूति हुने अवस्था छैन। पाहुना आउँदा देखाउन लायक एक स्थान पनि छैन।”

बिज्ञापन

उनले प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सहरी पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, ऐतिहासिक दृष्टिले महत्वपूर्ण विराटकालीन सभ्यतालाई पुर्नजीवित गर्न सरकारी तहबाट ठोस पहल आवश्यक भएको उनको भनाइ थियो।

सभामुख विष्टले विराटनगर वरपर फेला परेका पुरातात्त्विक स्थलहरूलाई संरक्षण र प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सुझाव दिए। “उत्खननमा भेटिएको विराटक्षेत्रलाई व्यवस्थित गर्न सके, पर्यटकलाई विराटनगरमै रोक्ने र बसाई लम्ब्याउने सम्भावना छ,” उनले भने।

उनले थपे, “दरबार क्षेत्र घुम्न आउनेलाई सुनसरीको बर्जु तालसम्मको सर्किट बनाइदिएर केही समय व्यस्त राख्न सकिन्छ। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँछ।”

सभामुख विष्टले झापा र सुनसरीमा रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूलाई विराटनगरसँग जोडेर साझा पर्यटन योजना तयार पार्न प्रदेश सरकारले अग्रसरता लिनुपर्ने सुझाव पनि दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka