Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानको बजेट आज, अंक रु.२ अर्ब २० करोड

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०४, २०८२  | बिहान ८:४५ बजे
Hamro Biratnagar Headlines

्वि्राटनगर। लामो विवादपछि, धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट पारित गरेको छ। कार्यपालिकाको बैठकले पारित गरेको बजेट आज (शनिबार) नगरसभामा पेश हुंदैन छ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट पेस गरिएको उक्त बजेट कार्यपालिका बैठकले अनुमोदन गरेको हो। प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंका अनुसार, बजेटको विवाद पुँजीगत खर्च १० प्रतिशतले घटाउने सहमति भएपछि मात्र टुंगियो।

बिज्ञापन

यसअघि, सोही बराबरको बजेट सिलिङ ल्याइएको थियो, तर नेकपा (एमाले) का सदस्यहरूको असहमति रहेका बेला मेयर हर्क साम्पाङले अल्पमतबाटै बजेट पारित गराइएको दाबी गरेका छन्। उनले भने, “नगरलाई बजेटविहीन अवस्थामा राख्न सकिँदैन।”

अब, कार्यपालिकाले बजेट पारित गरेपछि शनिबार नगरसभा बोलाइएको छ, जहाँ उक्त बजेट पेश गरिनेछ। नगरसभाबाट अनुमोदन भएपछि मात्रै औपचारिक रूपमा बजेट लागू हुनेछ।

स्थानीय तहले असार १० गतेभित्र बजेट पेश गर्नुपर्ने कानूनी प्रावधान भए तापनि विवादका कारण धरानमा समयमै बजेट ल्याउन नसकेको थियो।

भदौ २६ मा नगरसभा बोलाउने तयारी थियो, तर जेनजी आन्दोलनका कारण त्यो सम्भव हुन सकेन। अब, नगरसभाको ढिलाइ पछि धरान ‘बजेट होलिडे’को अवस्थाबाट बाहिर निस्केको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka