Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रधानमन्त्री बन्न गएका हर्क साम्पाङ मन्त्री पनि बनेनन् ! फेसबुकमा आक्रोसपूर्ण स्टाटसको ‘बौछार’

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, भाद्र ३१, २०८२  | बिहान १०:५९ बजे

विराटनगर । जेनजी आन्दोलन उत्कर्षमा पुगेसँगै काठमाडौ पुगेका धरानका मेयर हर्क साम्पाङ काठमाडौ पुगेका थिए । अहिले उनी फर्किसकेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन उनको माग थियो । तर, सुशीला कार्की प्रधानमन्त्री भइन् । उनी सैनिक मुख्यालयमा पुगेर प्रधानसेनापतीसँग समेत छलफल गरेका थिए ।

बिज्ञापन

उनलाई डिस्कर्डमा केही जेनजीले प्रधानमन्त्री बनाइने व्यक्तिको नामावलीमा समावेश गर्दै भोटिङ समेत गरेका थिए । त्यही निर्णयबाट हौसिएर काठमाडौ पुगेका साम्पाङले मन्त्री पदसमेत पाएनन् । अन्ततः धरान फर्किएर अहिले फेसबुकमा स्टाटसका स्टाटस लेखिरहेका छन् । आक्रोस झल्कने उनका स्टाटसहरु यस्ता छन् ।

उनले लेखेका छन्,’लाई पदको लोभि भन्नेहरुलाई के थाहा देश दन्दनी जलिरहेको बेला सबै डराएर घर भित्र लुकेर बसेको बेला ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिनु खोजेको हुँ मैले ! खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालय दिंदा पनि छोडेर नलिएको मान्छे हुँ म ! भारतीय दुताबास जानु पर्ने भने पछि म हच्किएँ ! पछि थाहा हुन्छ विरोधी हो… हर्क साम्पाङ को हो भन्ने !’

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka