Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका चार निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीको अग्रता

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशका चार निर्वाचन क्षेत्रमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा कोसीका २८ निर्वाचन क्षेत्रमध्ये सुनसरी–१, भोजपुर, खोटाङ र इलाम–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अगाडि रहेका छन्।

सुनसरी–१ मा पार्टी अध्यक्ष हर्क साम्पाङ ९ हजार १३३ मतसहित अग्रस्थानमा छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ७ हजार ४७२ मतसहित पछ्याइरहेकी छन्।

भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई ५ हजार ८९२ मतसहित अगाडि छन् भने नेकपा एमालेका शेरधन राई ४ हजार ८४३ मतसहित दोस्रो स्थानमा छन्।

खोटाङमा पनि सुरुदेखि नै श्रम संस्कृति पार्टीले अग्रता कायम राखेको छ। सो पार्टीका उम्मेदवार आरेन राईले ५ हजार ७४४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीरकाजी राई ४ हजार ९३५ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै, इलाम–१ मा श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू २ हजार ९२ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमालेका काजीमान कागते १ हजार ९५८ मतसहित दोस्रो स्थानमा छन्।

यसैबीच कोसी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले मोरङ–४ र मोरङ–६ मा जित हासिल गरिसकेको छ। साथै झापा–५, मोरङका अन्य क्षेत्र, सुनसरी–३ र उदयपुर–२ मा अग्रता कायम राखेको छ।

अन्य क्षेत्रमा भने फरक–फरक दलका उम्मेदवार अगाडि देखिएका छन्। ताप्लेजुङमा एमालेका क्षितिज थेबे अगाडि छन् भने उनलाई कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङले पछ्याइरहेका छन्। इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ अग्रस्थानमा छन् र उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्याइरहेका छन्।

धनकुटामा एमालेका राजेन्द्र राई अगाडि छन् भने श्रम संस्कृति पार्टीका सानबहादुर राई दोस्रो स्थानमा छन्। तेह्रथुममा भने नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भइसकेका छन्। पाँचथर, सोलुखुम्बु र ओखलढुंगामा कांग्रेसले अग्रता कायम राखेको छ भने संखुवासभामा मतगणना अझै सुरु भएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka