Premier Cables
Premier Steel

विराटनगर

खरानीमा परिणत विराटनगरका सरकारी कार्यालय, नोक्सानीको यकिन छैन्

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | बिहान ११:३३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । बुधबार बिहान विराटनगरका केही युवा  तीनपैनी चोकमा सफाई गरिरहेका थिए । सडकभरि असरल्ल सामान र खरानी पन्छाएपछि त्यो समूह केही अगाडि बढ्यो । मेनरोड, जलजला रोड, अस्पताल चोक, गोल्छामोड, नापी कार्यालय, महेन्द्र चोक सबैतिर उस्तै हाल थियो । छरपष्ट सामान र टायर बालेर बांकी रहेको खरानीको थुप्रो ।

अभियानकर्मी तथा व्यवसायी मनोज बिक्रम शाहको नेतृत्वमा केही क्षेत्रमा सरसफाई गरियो । खरानीको थुप्रो हटाइयो । असरल्ल सामान, लाठी, बोतल, रड, कागज अनि प्लाष्टिक पन्छाइयो । “सडक नै दुर्गन्धित , र हिंड्नै कठिन भएपछि हामी निस्किएर सफा गरेका हौं,” उनले भने ।

बिज्ञापन

युवाले ‘सबैले आ-आफ्नो ठाँउको सफाई यसरी नै गरी नयाँ नेपाल निर्माण गरौं’ भन्दै अभियान चलाएका हुन् । यस्तै अर्को समूह कोसी राजमार्गमा अवस्थित भाटभटेनी क्षेत्रमा खटिएको थियो । राजमार्गका केही भाग सफा गरिएको भएपनि विराटनगरमा मंगलबार आगजनी र तोडफोड गरिएका सरकारी कार्यालय परिसरको भने हविगत देखिन्छ ।

ती कार्यालयमा बिहान केही सहयोगी कर्मचारीहरु पुगेपनि सफाइ र छरपष्ट सरसामानको व्यवस्थापन शुरु हुन सकेको छैन ।
जिल्ला अदालत परिसरमा आधा जलेका फर्निचरका सामान र कागजात जताततै देखिन्छ ।

आगोको लप्काले भेटेको भित्ता कालो देखिएको छ । यस्तै अवस्था विराटनगर महानगरपालिका कार्यालयको पनि छ । धुवाँले महानगरको नाम लेखिएको भित्तामा आधा अक्षर मात्र पढ्न मिल्छ । त्यहाँ पनि बिहानै पुगेका कर्मचारीले के-कति क्षति भयो भन्ने बाहिरी आंकलन मात्र गर्न भ्याएका छन् । महानगरका एक कर्मचारीले भने,”कुनै कागजात र फायल सग्ला छैनन् । खरानीको गन्ध मात्र आइरहेको छ ।” महानगरको माथिल्लो तलामा अहिले पनि आगो दन्किरहेको छ ।

कोसी प्रदेश सभाको अवस्था झन खराब छ । पार्किङमा राखिएका गाडी सग्ला छैनन् । सभामा बैठक बस्ने हल जलेर खरान भएकाे छ। कार्यालयका कुर्सी भांचिएका छन् । परिसरभरि खरानी देखिन्छ । झ्यालका सिसा फुटेका छन् ।

प्रदेश सभा सचिवालय पूर्वको स्वास्थ्य मन्त्रालयको अवस्था पनि उस्तै देखिन्छ । मंगलबार प्रदर्शनकारीले छानीछानी प्रदेश, संघीय र स्थानीय सरकार मातहतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । दर्जनौं कार्यालयमा ठूलो नोक्सानी भएको देखिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासन कार्यालयको निरीक्षण गरेका थिए ।

विराटनगरमा यी सरकारी कार्यालयमा भयो तोडफोड र आगजनी

१. मुख्यमन्त्री कार्यालय  
२. प्रदेश सभा सचिवालय
३. प्रदेश प्रमुख निवास
४. स्वास्थ्य मन्त्रालय
५. भौतिक पूर्वाधार मन्त्रालय
६. जिल्ला अदालत
७. उच्च अदालत
८. आन्तरिक राजस्व कार्यालय
९. जिल्ला वन कार्यालय
१०. नापी कार्यालय
११. विराटनगर महानगरपालिका कार्यालय
१२. वडा कार्यालयहरू
१३. भाटभटेनी सुपरमार्केट
१४. होटल ह्यारिस न
१५. राष्ट्रिय वाणिज्य बैंक
१६. कोइराला निवास
१७. नेकपा एमाले कार्यालय
१८. नेपाली कांग्रेस कार्यालय
१९. उपसभामुख निवास
२०. जिल्ला प्रशासन कार्यालय

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka