Premier Cables
Premier Steel

समाचार

विराटनगरस्थित कोइराला निवासमा प्रदर्शनकारीद्वारा आगजनी

Calendar मंगलबार, भाद्र २४, २०८२  | अपराह्न ३:२२ बजे

विराटनगर । चर्किंदो जेनजी आन्दोलनका बीच विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

नाराबाजी गर्दै निवास परिसरमा पुगेका प्रदर्शनकारीले आगो लगाउँदा ग्यारेजमा पार्किङ गरिएको सवारी साधनमा क्षति पुगेको छ।

बिज्ञापन

हाल सो निवासमा डा. कोइराला बस्दै आएका छन्, तर उनी हाल चीन भ्रमणमा रहेका कारण घरमा उपस्थित थिएनन्।

घटनापछि सुरक्षाकर्मीहरू खटिएको भए पनि आगजनीबाट नोक्सानी भइसकेको जनाइएको छ। परिस्थिति अझै तनावपूर्ण रहेको बताइएको छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka