Premier Cables
Premier Steel

राष्ट्रिय

जेनजीको नयाँ पञ्च: ‘नेपो बेबी ट्रेन्ड’को विरोध गर्दै सडकमा !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै जेनरेसन जेड (जेनजी) पुस्ता काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमाउत्रने भएका छन् । भोलि कापी किताबसहित उनीहरु सडकमा उत्रने छन् ।

यो आन्दोलनमा सामाजिक अन्याय, सत्ता–शक्ति र वर्गीय विभाजनको प्रतीक बनेको ‘नेपो बेबी’ ट्रेन्ड पनि प्रमुख मुद्दा बनेको छ।

बिज्ञापन

सामाजिक सञ्जाल विशेषगरी टिकटक र रेडिटमार्फत फैलिएको ‘नेपो बेबी ट्रेन्ड’ फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भई नेपालसम्म आइपुगेको हो। यसमा नेताका सन्तानले देखाउने विलासी जीवनशैलीलाई आम नेपाली युवाको संघर्षपूर्ण जीवनसँग तुलना गरिँदै तीव्र आलोचना गरिएको छ।

यस ट्रेन्डअन्तर्गत सार्वजनिक भएका भिडियोहरूमा नेताका छोराछोरी-महँगा ब्रान्डका लुगा, विदेश भ्रमण र विलासी जीवनशैलीमा रमाइरहेका देखिन्छन्। त्यसको ठीक विपरित, विदेश पलायन, काठको बाकसमा फर्किएका शव र गाउँघरको दुःखद जीवन चित्रण गरेर सामाजिक असमानता देखाइएको छ।

भिडियोहरूमा ‘हाम्रो कर कहाँ जान्छ?’, ‘नो मोर करप्सन’, र ‘Wake Up Challenge’ जस्ता ह्यासट्यागमार्फत भ्रष्टाचार र सत्ताधारीको विलासितामाथि प्रश्न उठाइएको छ।


कसको नाम छ निशानामा?

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूका सन्तान सो ट्रेन्डको निशानामा छन्।
प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवाका छोरा जयवीर देउवा, लगायतका तस्बिर सार्वजनिक भएका छन्।

यसबाहेक, पूर्वमिस नेपाल श्रृंखला खतिवडा पनि आलोचनाको घेरामा परेकी छिन्। यद्यपि, केही प्रयोगकर्ताले उनको पक्षमा आवाज उठाएका छन्। श्रृंखला एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्।

नेपालमा फैलिएको यो लहरको प्रेरणा फिलिपिन्स र इन्डोनेसियामा चलेको सोही किसिमको आन्दोलन हो।
फिलिपिन्समा lifestylecheckPH नामक सबरेडिटमा नेताहरूका छोराछोरीको विलासिताको पर्दाफास भएको थियो भने इन्डोनेसियामा राष्ट्रपति जोको विडोडोका छोरालाई उपराष्ट्रपति उम्मेदवार बनाएको विषयमा उठेको विवादपछि #NepoBaby आन्दोलन सुरु भएको थियो।

लेखक सुधीर शर्माका अनुसार, यो डिजिटल असन्तुष्टि ढिलोचाँडो सडकमा पोखिनै थाल्थ्यो। सामाजिक सञ्जाल बन्दको प्रयासले त्यसमा ‘घिउ थप्ने’ काम मात्र गर्‍यो। “०८४ सालसम्ममा यो बाढीले धेरैलाई बगाउने सम्भावना छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

समाजशास्त्री दिपेश घिमिरेका अनुसार, नयाँ पुस्ताले भ्रष्टाचार र असमानताको मुद्दा नयाँ तरिकाले उठाएको उल्लेखनीय छ। “नेताहरूका छोराछोरीको जीवनशैली र आमजनताको दैनिकीको सीधा तुलना गरेर उनीहरूले असमानताको जरो उजागर गरेका छन्,” उनले भने।

उनले जेनजी आन्दोलनलाई ‘नयाँ पुस्ताको नयाँ पञ्च’ भन्दै गम्भीरतापूर्वक लिनुपर्ने बताए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka