Premier Cables
Premier Steel

विराटनगर

जेनजीको ढुंगा लागेर विराटनगरका इन्स्पेक्टर चापागाईं घाइते

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २३, २०८२  | साँझ ४:५१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनका क्रममा ढुंगा लागेर एक जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) घाइते भएका छन् ।

विरोध प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक निरीक्षक घाइते भएका छन्। वडा प्रहरी कार्यालय, विराटनगरमा कार्यरत इन्स्पेक्टर अपिल चापागाईं ढुंगा लागेर घाइते भएका हुन्। प्रदर्शनकारीले हानेको ढुंगा उनको अनुहारमा लागेको बताइउको छ । उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको छ।

बिज्ञापन

प्रदर्शनकारीहरू रोडशेष चोक हुँदै कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो। निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो। रोकेपछि आक्रोशित बनेका प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए, जसकै क्रममा इन्स्पेक्टर घाइते भएका हुन्। त्यसपछि प्रहरीले हल्का बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो।

निषेधित क्षेत्रमा प्रवेश गरेर विराटनगरका विभिन्न क्षेत्रमा जेनजीले प्रदर्शन गरेका छन् । यसअघि उनीहरूले कोशी प्रदेशसभा सचिवालयअगाडि पनि प्रदर्शन गरेका थिए। प्रदेशसभा सचिवालय निषेधित क्षेत्र भए पनि प्रदर्शनकारीहरूले ब्यारिकेड तोडेर त्यहाँसम्म पुगेका थिए।

विराटनगरमा प्रदर्शन अन्य स्थानभन्दा केही शान्त देखिएको थियो । सुरक्षा संवेदनशीलताका कारण प्रदेशसभा परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka