Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

लिपुलेकबारे चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १४, २०८२  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत र चीन बीचको सहमति बारे आपत्ति जनाएका छन्।

परराष्ट्र सचिव अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकका बारेमा भएका सहमतिका विषयमा स्पष्ट असहमतिका कुरा उठाउनुभएको हो।

बिज्ञापन

राईले प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भने, “मैले राष्ट्रपति सीसँग नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा स्पष्ट आपत्ति राखेको छु। सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली नदीको पूर्वी भूभाग नेपालको सार्वभौम स्वामित्वमा रहेको स्पष्ट छ। यसमा चीनको सहयोगको अपेक्षा छ।”

भेटका दौरान, दुवै देशबीच मित्रवत् सम्बन्ध र विभिन्न सहकार्यका क्षेत्रहरूमा कुराकानी भएको र दुवै पक्षले सम्बन्धलाई अभिवृद्धि गर्न आवश्यक कदमहरू चाल्ने निर्णय गरेको परराष्ट्र सचिव राईले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka