काठमाडौं । जेनजी आन्दोलनपछि सार्वजनिक मञ्चमा देखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पासपोर्ट रोक्काको प्रयास र उपत्यका छोड्न नदिएको विषयमा आपत्ति जनाउँदै आफू डराएर नभाग्ने स्पष्ट पारेका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वप्रति कटाक्ष गर्दै भने, ‘सुशीला कार्की डरको डरले केपी ओली भाग्छ’
बिज्ञापन
उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनीसमेत दिएका छन्।
ओलीले आफू मञ्चमा बोल्न नपाएको भन्दै सडकमा तमासा गर्नुपरेको टिप्पणी गर्दै सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए। उनले भने, ‘राजनीति चलाउने, देश चलाउने कुरा ठट्टा होइन।’ ओलीले संसद पुर्नस्थापनाको लागि लाग्ने र त्यसका लागि फागुन २१ कुर्न जरुरी नभएको बताए ।