Premier Cables
Premier Steel

साहित्य

कविता- तिम्रो हात बाँध्ने दफाको सहारा !

नोट: यो समाचार २ महिना अघिको हो

अनाम कमरेड Calendar मंगलबार, भाद्र १०, २०८२  | राती ९:५८ बजे

अनाम कमरेड

सत्ताले सबै चिनिसक्यो,
मोल भएकालाई किनिसक्यो।
मूल्यहीनलाई छोडिसक्यो,
सत्ता यस्तो अवस्था आईसक्यो।

अमूल्य बाँकी रहेकाहरुलाई तर्साउन,
दण्डको तरवार लिएर मैदानमा आइसक्यो !!

अब भन्न थालेको छ-
“मैले दिएको चस्मा लगाउ,
उ हेर त, सबै राम्रो छ।
अहँ, आफ्नो दिमाग नचलाउ,
मैले दिएको एआई चिप्स लगाउ।
हेर त, मेरो सत्तामा सबै
मनमोहक छ।”

तर, बिग्रेको–भत्केको अझै देख्दै छ
तिम्रो आँखाले भने,
यी यता हेर-
मेरो एउटा हातमा ललिपप छ!

अझै मान्दैनौ भने,
यो अर्को हात हेर-
यता तिम्रो बोली थुन्ने धारा छ,
तिम्रो हात बाँध्ने दफाको सहारा छ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka