Premier Cables
Premier Steel

साहित्य

कविता- तिम्रो हात बाँध्ने दफाको सहारा !

नोट: यो समाचार ६ महिना अघिको हो

अनाम कमरेड Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १०, २०८२  | राती ९:५८ बजे
Hamro Biratnagar Headlines

अनाम कमरेड

सत्ताले सबै चिनिसक्यो,
मोल भएकालाई किनिसक्यो।
मूल्यहीनलाई छोडिसक्यो,
सत्ता यस्तो अवस्था आईसक्यो।

अमूल्य बाँकी रहेकाहरुलाई तर्साउन,
दण्डको तरवार लिएर मैदानमा आइसक्यो !!

अब भन्न थालेको छ-
“मैले दिएको चस्मा लगाउ,
उ हेर त, सबै राम्रो छ।
अहँ, आफ्नो दिमाग नचलाउ,
मैले दिएको एआई चिप्स लगाउ।
हेर त, मेरो सत्तामा सबै
मनमोहक छ।”

तर, बिग्रेको–भत्केको अझै देख्दै छ
तिम्रो आँखाले भने,
यी यता हेर-
मेरो एउटा हातमा ललिपप छ!

अझै मान्दैनौ भने,
यो अर्को हात हेर-
यता तिम्रो बोली थुन्ने धारा छ,
तिम्रो हात बाँध्ने दफाको सहारा छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka