Premier Cables

विराटनगर

मोर्डन एरा बाेर्डिङमा गुन्जिए कवि नवाेदित

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | राती ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित मोर्डन एरा स्कुलले ‘स्रष्टासँग मोर्डन एरा’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य विद्यार्थीलाई साहित्य र सिर्जनासँग जोड्नु हो।

पहिलो शृंखलामा कवि तथा पत्रकार मीनकुमार नवोदितले ‘आमा र जून’, ‘बा हुनुको अर्थ’लगायत कविता वाचन गर्दै आफ्नो लेखन अनुभव र कविताको रचनाप्रक्रिया विद्यार्थीहरूसँग बाँडे।

विज्ञापन

विद्यालयले साहित्य र पत्रकारितामा योगदानका लागि नवोदितलाई सम्मान गर्‍यो। नवोदितका ‘झरीले रुझेको गाउँ’, ‘समयको बयान’ लगायत कृति प्रकाशित छन् र उनले ६ दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा कविता छनोट प्रतियोगितामा ७५ जना विद्यार्थी सहभागी भए।

उद्घाटन प्रमुख अतिथि नन्दलाल मण्डलले गरे, जसले यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता बढाउने बताए। प्रधानाध्यापक इन्द्र राई र संयोजक अर्जुन तिम्सिनाले कार्यक्रमको उद्देश्य र महत्व स्पष्ट पारे भने निर्देशक रामप्रसाद घिमिरेले संस्कारसहितको शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka