साहित्य

मिठो सपना देखेको थिए

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

सुशान्त बानियाँ Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १८, २०८२  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मिठो सपना देखेको थिए
हो यहीं बाट जाग्छ माया को बिउ
जल मल सबै गर्ने जमर्को
चट्याङ्ग, असिना पानि, हावा हुरी
तर्सायो, उडायो, बगायो,
चोट पनि पुर्यायो

मिठो सपना खै कता हरायो ।।
ठुस्स फुस्स गर्दै, हास्दै रमाउदै
माटो मलिलो हुदै थियो
चार कोशे झाडी, नहर र कुलो
बिउ फेरी सप्रिदै थियो

सिप हो कि भावनाको न्यूनता
फक्रिन लागेको फूल फेरी झरेरै गयो ।।
सुमधुर काठे भाकामा फक्रेको असारे
भ्यागुतो को जस्तो क्वेक क्वेक
उफ्रिदै उच्छिन्दै नाचेको असारे
बालि भित्र्याउने सपना आउदो मङ्सिरमा

विषको भारि वर्षा, चुर्लुम्मै डुब्यो
खालास मिठो अब हिउंदमा ?? ।।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka