Premier Cables
Premier Steel

शेयर बजार

नेप्से बढ्दा कारोबार घट्यो

Calendar मंगलबार, भाद्र १०, २०८२  | साँझ ६:५८ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७६६.०९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको कारोबार पछिल्लो ५ महिनाकै न्यून हो । यसअघि गत चैत १० गते ४ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आधारभूत रुपमा नियाल्दा अहिले बजार सिजिनल रुपमा चलेको छ । हालका लागि सिजिनल रुपमा बजारको बढोत्तरी कम हुँदै गएको छ । लगानीकर्तालाई पहिलो नै जानकारी भईसकेकाले अब लाभांशको घोषणाले पनि बजारलाई ठूलो प्रभाव पार्ने देखिदैन । यस्तै राष्ट्र बैंकले लघुवित्तका लागि सुर्कलर समेत जारी गरिसकेको छ ।’

प्राविधिक रुपमा भने बजारमा एउटा स्विङको सम्भावना रहेको र आज कारोबार कम हुनुमा भने तीजको प्रभाव हुनसक्ने उनले आँकलन गरे ।

अर्का बजार जानकार विरेन्द्र विष्टले भने लगातार दुई दिनको बढोत्तरीले बजार घट्न रोकिएको मान्न सकिने बताए । बिक्रीकर्ता पछि हटेका कारण आज बजार बढ्दा कारोबार भने घटेको उनले बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात १.४३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत, विकास बेंक १.२८, फाइनान्स ०.२३, होटल ०.२१, हाईड्रो ०.१४,जीवन बीमा ०.२४, म्युचुअल फण्ड ०.२० र व्यापार समूह ०.१२ प्रतिशतले बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४८ प्रतिशतले घट्यो । यस्तै लगानी समूह ०.०७ प्रतिशत,लघुवित्त ०.३४ र निर्जीवन बीमा समूह ०.०८ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka