Premier Cables
Premier Steel

शेयर बजार

आज पनि घट्यो शेयर बजार

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | साँझ ५:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.४६ अंकले घटेर २ हजार ७००.६५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेर ४६३.८० विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४४ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ५३ करोड ४९ लाख बढीको सेयर कारोबार भएको थियो।

बिज्ञापन

आजको बजारबारे बजार जानकार तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु)भन्छन्, ‘बजार अझै करेक्सन फेजमै छ । बजारको सेन्टिमेन्ट हेर्दा करेक्सन फेज सकिएको छैन । यो साता वा ९:१० दिनसम्म बजार करेक्सन फेजमै चल्न सक्ने देखिन्छ । सम्भवतः बजार २६२० वा २६५० विन्दु आसपास आएर करेक्सन सकिने देखिन्छ । त्यसपछि बजारले बल्ल मोमेन्टम लिने देखिन्छ ।’

उनले थपे, ‘अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट बिल्ड अप भइसकेको छैन । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएपनि आफ्नो कार्यकाल कसरी पुरा गर्छ र बजारको लागि कस्तो काम गर्छ भन्ने लगानीकर्ता पर्खाइमा छन् । साथै, एउटा कुरा धितोपत्र बोर्डमा अध्यक्ष आएपछि अब आईपीओको बाढी पनि आउन सक्ने देखिन्छ । त्यस्तो भयो भने मार्केटको पैसा सबै आईपीओमार्फत जाने देखिन्छ र यसले बजारलाई प्रभाव पार्ने सम्भावना हुन्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa