Premier Cables
Premier Steel

समाचार

माबिलुङ इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०८, २०८२  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई : सर्वोच्च अदालतको ऐतिहासिक फैसला माबिलुङ इनर्जी लिमिटेडको आइपिओ आज बाँडफाँट भएको छ।

 

साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ आज बाँडफाँट भएको हो।  उक्त कम्पनीको आइपिओ १ लाख २४ हजार ८ सय ८६ जनाले १०/१० कित्ता र ४ जनाले ११/११ कित्ताका दरले पाएका छन्।

 

कम्पनीले आफ्नो जारी पूँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

 

जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

 

दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।

 

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल र मेरो सेयर एकाउन्टबाट आइपिओओको नतिजा हेर्न सक्नेछन्।

 

त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट​बाट पनि रिजल्ट हेर्न सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka