Premier Cables
Premier Steel

कोशी प्रदेश

पत्रकारको मागलाई सकारात्मक रूपमा लिएको छु : मुख्यमन्त्री कार्की

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १०, २०८२  | साँझ ६:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा दर्ता भएको आम सञ्चारसम्बन्धी विधेयकबारे थप छलफल आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारिता क्षेत्रका सरोकारबारे ध्यानाकर्षण गराएको थियो। उक्त अवसरमा मुख्यमन्त्री कार्कीले पत्रकारको मागलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै, विधेयकबारे गम्भीर छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

बिज्ञापन

“संसदमा प्रवेश गरिसकेको विधेयक अब सरकार मात्रको विषय होइन, सरोकारवाला सबै पक्षसँग छलफल गरेर अघि बढ्न आवश्यक छ,” उनले भने।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेशमा आएपछि पत्रकारहरूको हितमा एउटा दरिलो संस्था निर्माण गर्ने चाहना रहेको जनाउँदै, सोही सोचअनुसार कानुनी प्रक्रियामार्फत विधेयक ल्याइएको स्पष्ट गरे।

उनले थपे, “म आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हुँदा बनाइएको संस्था बिना छलफल खारेज गरिँदा सरकार मौन रह्यो। अहिले त्यसको परिपूर्ति गर्न कानुनी माध्यम अपनाइएको हो।”

विधेयकमा उठेका प्रश्नहरू समाधान गर्न छलफल आवश्यक भएको बताउँदै उनले विधेयक पारित हुन समय लाग्न सक्ने जानकारी समेत दिए।

मुख्यमन्त्री कार्कीले प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेका अधिकारप्रति आफू पूर्णतः प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकार महासङ्घका मागहरूलाई सकारात्मक रूपमा लिएको बताए।

कार्यक्रममा महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्का र महासचिव हिमा चेम्जोङले पत्रकारितासम्बन्धी मुद्दा र विधेयकमा गर्नुपर्ने संशोधनबारे संस्थागत धारणा प्रस्तुत गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka