Premier Cables
Premier Steel

कोशी प्रदेश

संचार विधेयकमा पत्रकारका सुझाव ‘लत्याइयो’ , रजिस्ट्रार अधिकृत स्तरको बनाउन प्रस्ताव

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, भाद्र ०४, २०८२  | अपराह्न २:५९ बजे

विराटनगर । कोसी प्रदेश सरकारले व्यवस्थापन गर्न लागेको संचार प्रतिष्ठानको रजिस्ट्रार अधिकृत स्तरको राख्ने तयारी भएको छ ।

बुधबार (आज) विधायन समितिले संचार विधेयकमा दफाबार छलफल पूरा गरी प्रतिवेदन पारित गरेको छ । अब यो प्रतिवेदन सभामा पेश भई विधेयकको अंग बनी पारित हुने छ ।

बिज्ञापन

कार्यकारी अध्यक्षसहितको प्रबन्ध भएको विधायन समितिमा सदस्यले बताएका छन् तर अधिकार प्राप्त रजिस्ट्रार भने अधिकृत स्तरको राख्ने प्रस्ताव छ । यसअघि सरकारी कर्मचारीलाई नै रजिस्ट्रारको भूमिका दिने संशोधन परेको थियो । तर, समितिले त्यसलाई ग्रहण गरेन ।

शुरुदेखि नै विवादित बन्दै आएको कोसी प्रदेशको संचार विधेयका नेपाल पत्रकार महासंघ, संसदीय पत्रकार मंचलगायत संचारजन्य संघसंस्थाले दिएको सुझाव समितिले ग्रहण नगरी प्रतिवेदन तयार गरेको हो ।

विद्येयकमा यसअघि समाविष्ट पत्रकारलाई दण्ड सजाय गर्ने प्रावधान यथावत राखिएको छ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष भरत खड्काले पारित प्रतिवेदनमा गरिएको प्रावधानहरु स्वीकारयोग्य नभएको भन्दै टिप्पणी गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka