Premier Cables

विराटनगर

विराटनगर महानगरमा घर निर्माणमा कडाइ, ७ बुँदे मापदण्डमा के छ ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | राती ९:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। निर्माण कार्यका कारण नाला जाम, सडक क्षति र सरसफाइ व्यवस्थापनमा देखिएका समस्या घटाउने उद्देश्यले घरनक्सा पास प्रक्रियामा सरसफाइसम्बन्धी सात वटा शर्त अनिवार्य गरिएको हो।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको मापदण्डअनुसार अब निर्माण सामग्री सडक, नाला वा पैदलमार्ग (पेटी) मा राख्न पाइने छैन। निर्माण सामग्री ढुवानी वा भण्डारणका क्रममा नाला जाम भएमा वा कुनै क्षति पुगेमा त्यसको सफाइ तथा मर्मत सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा गर्नुपर्नेछ।

विज्ञापन

त्यसैगरी निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन रोक लगाइएको छ। निर्माणका क्रममा सम्भावित मानवीय क्षति रोक्न आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

महानगरपालिकाले अन्तिम नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको क्षतिको व्यवस्थापन अनिवार्य गरेको छ। यी काम पूरा नभएसम्म अन्तिम प्रमाणपत्र जारी नगरिने महानगरले जनाएको छ।

अनुगमनका क्रममा मापदण्ड उल्लंघन गरेको पाइएमा सम्बन्धित निर्माणकर्तामाथि नियमानुसार जरिवाना गरिनेछ। निर्माणजन्य फोहोर सडक तथा सडक किनारमा जथाभावी थुपार्न पनि प्रतिबन्ध लगाइएको छ।

महानगरका अनुसार निर्माणकर्ताले तोकिएका सबै शर्त पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्नेछ। मापदण्ड उल्लंघन भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ अनुसार कारबाही गरिने उल्लेख छ।

सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार घरनक्सा पास प्रक्रियासँगै सरसफाइ मापदण्डलाई अनिवार्य बनाउँदा नाला जाम हुने समस्या २० देखि २५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ। महानगरले यस कदमबाट निर्माण गतिविधि व्यवस्थित हुनुका साथै सहरी सरसफाइ र सार्वजनिक पूर्वाधार संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka