Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा आज कहाँ कुन सडकमा सवारी चलाउन पाइने छैन् ? हेर्नुहोस पूर्ण विवरण

Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १२:२१ बजे

विराटनगर । राधाकृष्ण रथयात्राको मुख्य रुटमा सवारी साधन संचालन गर्न ट्राफिक प्रहरीले रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले डाइभर्ट गरिएका सवारी साधनलाई व्ययवस्थित गर्न ठाउँ ठाउँमा ठूलो संख्यामा ट्राफिक प्रहरी कार्यालयबाट खटिएको जानकारी दिएका छन् । उनले भने,‘सवारी आवागमनको निगरानी समेत हुने छ ।’

बिज्ञापन

सवारी आवागमन व्यवस्थापन कार्यनीति अनुसार भिडभाड हुनसक्ने स्थानबाट सवारी डाइभर्ट गरेर मात्र संचालन गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । यसका लागि विशेष बाईपास रुट तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।

दिउँसो २ बजेदेखि तीनपैनी र बजार क्षेत्रको मेनरोडमा सवारी साधनको प्रवेश पूर्णत निषेध गरिनेछ। त्यसपछि कोशी राजमार्गलाई साँझ ४ बजेबाट क्रमशः खाली गरिँदै लगिनेछ। यद्यपि यात्रुबस र साना सवारीका हकमा साँझ ६ बजेसम्म राजमार्गमा चल्ने छन् । मालवाहक ट्रकहरूलाई भने पूर्वनिर्धारित स्थानहरूमा होल्ड गरेर राखिने प्रहरीको भनाइ छ ।

प्रमुख ट्राफिक व्यवस्थापन योजना

नाकाबाट आउने मालवाहक ट्रकहरू: जतुवा नहरभन्दा दक्षिणतर्फको सडकमा रोक्ने व्यवस्था।

साना चारपाङ्ग्रे र मोटरसाइकलहरू: जतुवा नहरको पश्चिमतर्फ बाईपास गरी कन्चनबारी हुँदै गन्तव्यतर्फ लैजाने।

कन्चनबारी–ठूलो मिल–भट्टी मोड–हाटखोला मार्ग: वैकल्पिक बाईपास रुटको रूपमा प्रयोग हुनेछ।

रंगेलीबाट आउने मालवाहक र यात्रुबसहरू: कटहरीमै होल्ड गरिनेछ।

रंगेलीबाट आउने साना सवारीहरू: देवकोटाचोकबाट उत्तरतर्फ अदालत हुँदै, शहीद रंगशाला क्षेत्रको बाहिरी परिधि प्रयोग गर्न सक्नेछन्। दक्षिणतर्फ भने देवकोटा चोक हुँदै यात्रा गर्न सकिनेछ।

राजमार्ग पूर्णरूपमा निषेधित हुने समय

साँझ ६ बजेदेखि ८ बजेसम्म राजमार्ग क्षेत्रमा सवारी सञ्चालन पूर्ण रूपमा रोकिनेछ। ट्राफिक चौक हुँदै रथ रोडशेषचौकतर्फ गइसकेपछि मात्रै राजमार्गमा सवारी पुनः सञ्चालनमा ल्याइनेछ।

दिउँसैदेखि राजमार्ग अवरुद्ध गर्दा सवारीहरू बाईपासमा जाममा पर्ने र यात्रुहरू गन्तव्यमा नपुग्ने अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो रणनीति अपनाइएको ट्राफिक कार्यालयले जनाएको छ।

वैकल्पिक रुटहरू

यात्रुबस: साँझ ६ बजेपछि कन्चनबारी पश्चिम नहरबाट दक्षिणतर्फ झरेर पिचरा बसपार्कतर्फ गन्तव्य तय गर्न सकिने।

साना सवारी: बरगाछी, राधारमण मन्दिर हुँदै दक्षिण बसपार्क, घाँसचोक र मोती भवन पश्चिमको रुट प्रयोग गर्न सक्ने।

मुख्यमन्त्री कार्यालय क्षेत्र: दक्षिण–पूर्वतर्फ सोमबारे हाट हुँदै बजार र हाटखोलातर्फ सवारी जान सक्ने व्यवस्था गरिएको छ।

जिल्ला ट्राफिक प्रहरीले सर्वसाधारण तथा सवारी चालकहरूलाई निर्धारित मार्ग अनुसार आवागमन गर्न अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka