Premier Cables

विराटनगर

नयाँ रथ निर्माणमा विराटनगर महागनरबाट रु. ४४ लाख ७८ हजार सहयोग

Calendar शनिबार, साउन ३१, २०८२  | बिहान ११:४० बजे

विराटनगर । भोलि राधाकृष्ण रथयात्रा । विराटनगरका विशेष उत्सव । यो पटक खास छ किनभने नयाँ रथमा राधाकृष्ण बिराजमान गराई रथारोण गराइने छ ।

यसका लागि विराटनगर महानगरपालिकाले सहयोग गरेको छ । महानगरपालिकाले नयाँ रथ निर्माणमा रु. ४४ लाख ७८ हजार सहयोग गरेको छ । विराटनगरका मेयर नागेश कोइरालाका अनुसार यो सबैको साझा उत्सव भएकोले स्थानीय सराकार हुनुको नाताले महानगरले नयाँ रथ निर्माणमा सहयोग गरेको बताए ।

बिज्ञापन

उनले भने,‘‘यो धार्मिक कुरा हो । जनताले हामीलाई कर तिर्नुहुन्छ, त्यही कर जनताको खातिर र पुनित कामका लागि हामीले सदुपयोग गरेका हौं ।’’ मेयर कोइरालाका अनुसार रथ अत्याधुनिक तरिकाले तर मौलिकतालाई कायम गर्दै निर्माण भएको जनाए । अबको ५० वर्षसम्मका लागि यही रथबाट राधाकृष्णको रथारोहण गर्न सकिने उनको भनाई छ ।

विराटनगरमा तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट हरेक वर्ष रथयात्रा निकाल्ने गरिन्छ । पहिले खटजात्रा गराउने चलन थियो । यो पटक ५७ औं संस्करणको लागि सबै तयारी पूरा भई सकेको मूल आयोजक समितिले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Web Surfer
Vianet
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka