Premier Cables

विराटनगर

४४ स्थानमा हुने छ रथयात्राको विश्राम (हेर्नुहोस सूची)

Calendar आइतबार, साउन १८, २०८२  | बिहान ११:१६ बजे

विराटनगर । विराटनगरमा जन्माष्टमीको भोलिपल्ट निकालिने गरेको राधाकृषण रथयात्राको भव्य तयारी भई रहेको छ ।

आयोजक मूल समितिले रथ निर्माण गर्नेदेखि विभिन्न तयारीलाई तीव्र बनाएको छ । मूल समितिका अध्यक्ष कैलाश रेग्मीले यो पटकको रथयात्रा विगतभन्दा झन् बढी व्यवस्थित र भव्य हुने बताएका छन् ।

बिज्ञापन

तीनपैनीमा अवस्थित राधाकृष्ण मन्दिरबाट प्रारम्भ हुने रथयात्रा विश्राम हुने स्थानहरु यसअघि नै तय भई सकेका छन् । रेग्मीका अनुसार यसपटक विभिन्न ४४ स्थानमा रथले विश्राम लिने छ । त्यहाँ भक्तजनले पूजा गरी प्रसाद ग्रहण गर्न सक्ने प्रबन्ध गरिएको छ । मेनरोड, ट्राफिक चोक, रोडशेष हुँदे महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदे पुनः मन्दिर परिसरमा आई पुग्दा जम्मा ४४ स्थानमा विश्राम गर्दे ९ किलोमिटरको दूरी ६ तय गरिने छ ।

यसका लागि ६ घण्टाको समय लाग्ने छ । रथयात्रा मध्यान्ह ३ बजेबाट शुरु हुने छ ।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka