Premier Cables

विराटनगर

रथयात्रा स्वयंसेवक परिचालन तयारी बैठक सम्पन्न

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ३०, २०८२  | अपराह्न १:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी राधाकृष्ण रथयात्रालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन उद्देश्यले विराटनगरमा स्वयंसेवक परिचालन उपसमितिको तयारी बैठक सम्पन्न भएको छ।

रथयात्रा स्वयंसेवक परिचालन समितिका संयोजक इन्जिनियर पवन भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रहरी कार्यालयका डिएसपी हस्तबहादुर सुनवार, वडा प्रहरी कार्यालयका डिएसपी अनमोल खड्का, शसस्त्र प्रहरी बलका डिएसपी नवीन अधिकारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मी, सचिव कृष्ण कार्की, सदस्य राजन न्यौपाने, सेन्ट्रो महतलगायतको उपस्थिति रहेको थियो।

विज्ञापन

बैठकमा सहभागी वक्ताहरूले रथयात्रालाई व्यवस्थित बनाउन स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै महत्वपूर्ण भन्दै उनीहरूलाई जिम्मेवारीपूर्वक परिचालन गर्ने विषयमा जोड दिए।

कार्यक्रम सञ्चालन उपसमिति संयोजक गौरव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए। संयोजक पवन भट्टराईका अनुसार रथयात्राको प्रभावकारी व्यवस्थापनका लागि स्वयंसेवकहरूलाई प्रारम्भदेखि नै प्रशिक्षण र तयारीमा सक्रिय बनाइएको छ।

रथयात्रा नजिकिँदै गर्दा यस्ता समन्वय र तयारी कार्यक्रमहरूले सम्पूर्ण व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka