Premier Cables
Premier Steel

अपराध

पति‌को कुटाइबाट मृत्यु, छिमेकी पनि घाइते

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुकी ४० वर्षीया दुर्बी सतारको आफ्नै पतिको कुटपिटबाट मृत्यु भएको छ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ४५ वर्षीय बाबुधन सतारले आइतबार राति करिब ८ बजेतिर आफ्नी पत्नी दुर्बीमाथि कुटपिट गरेका थिए। प्रारम्भिक अनुसन्धानबाट उनीमाथि शारीरिक हिंसा भएको पुष्टि भएको डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए।

बिज्ञापन

कुटपिटका क्रममा दुर्बीको कानमा चोट लागेको र उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उपचारका लागि उनलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पतालमा स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आफन्तहरूले उपचारको बिचमै स्वेच्छाले घर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी सुनारले बताए।

घटनाका बेला झगडा छुट्याउन पुगेका ५० वर्षीय छिमेकी छोटेलाल हस्दा पनि घाइते भएका छन्। टाउकोमा चोट लागेका हस्दाको अवस्था सामान्य रहेको र हाल कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

श्रीमतीको मृत्युपछि आरोपी बाबुधन सतारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान मुद्दा दर्ता गरेर इलाका प्रहरी कार्यालय पथरीले घटनाको थप अनुसन्धान थालेको छ।

प्रहरीले अनुसन्धानका लागि डीएसपी तुलसीराम अर्यालको नेतृत्वमा टोली परिचालन गरेको छ। घटना पारिवारिक हिंसाको गम्भीर रूप मानिएको छ, र कानुनी कारबाही अगाडि बढाउने तयारी भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka