Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीमा बस र विङ्गर ठोक्किए, तीन जनाको मृत्यु, १६ घाइते

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ अन्तर्गत जलुवाटोलमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना बिहान करिब ७:१५ बजे पूर्व–पश्चिम राजमार्गमा भएको हो। काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ गइरहेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

बिज्ञापन

प्रहरीका अनुसार घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ। मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १ जनाको सामान्य रहेको छ।

घाइतेहरूलाई सुनसरीका विभिन्न अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ। भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा भर्ना गरिएका १५ जनामध्ये २ पुरुषको मृत्यु भएको हो।
सोही अस्पतालमा १ जनाको अवस्था गम्भीर छ भने १२ जना मध्यम अवस्थामा छन्।

जिल्ला अस्पताल इनरुवामा लगिएका ५ मध्ये १ महिलाको मृत्यु भएको छ। बाँकी ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रिफर गरिएको छ भने १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ।

दुर्घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो। झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय बस चालक गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विङ्गर चालक भने घाइते भएकाले उपचाररत छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka