Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनसरीमा बस-ट्रक ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०२, २०८२  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines

सुनसरी । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित पुलचोकमा यात्रुबाहक बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन्।

दुर्घटना बिहीबार बिहान करिब ९:३० बजे भएको हो। पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आइरहेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रुबाहक बसले सडक छेउमा बिग्रिएर रोकिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

बिज्ञापन

दुर्घटनापछि इलाका प्रहरी कार्यालय लौकहीबाट वरिष्ठ सई अशोक कोइरालाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। पछि डीएसपी योगराज खतिवडाको नेतृत्वमा थप टोली पुगेको थियो।

डीएसपी खतिवडाका अनुसार, दुर्घटनामा परी करिब ३५–४० वर्षका एक पुरुषको इनरुवा अस्पतालमा उपचारका क्रममा बिहान १०:३० बजे र करिब ४०–४५ वर्षीया महिलाको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा दिउँसो १२:४५ बजे मृत्यु भएको हो। दुबै मृतकको पहिचान खुल्न बाँकी छ।

घाइते भएका २१ जनामध्ये अधिकांश सप्तरी र सिराहाका रहेका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ। घाइतेहरूको इनरुवा अस्पताल र ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचाररत
१) जि.सप्तरी रुपनि न.पा. ९ बस्ने बर्ष २५ को प्रकाश सरदारको टाउको र दुबै खुट्टामा चोट अबस्था मध्यम
२) ऐ.ऐ. बस्ने निजको श्रीमती अं. बर्ष ३० की पुनम सरदारको डाढमा चोटमा अबस्था मध्यम रहेको ।
३) जिल्ला सप्तरी खड्क नपा वडा नं. ०५ बस्ने वर्ष अं. ५० की ज्ञान देवी चौधरीको दुबै हातमा चोट अबस्था बोल्न सक्ने ।
४) जिल्ला सिराहा धनगढीमाई नपा ३ बस्ने बर्ष अं. ५२ की बानेश्वरी देवी चौधरीको दाहिने खुट्टामा गहिरो चोट अबस्था मध्यम रहेको
५) ऐ. धनगढीमाई नपा ३ बस्ने बर्ष अं. ३५ की केशी देवी चौधरीको दुबै हातमा चौट अबस्था बोल्न सक्ने मध्यम रहेको ।
६) ऐ. धनगढीमाई नपा १ बस्ने बर्ष अं. ५५ की शान्तिदेवी चौधरीको वाँया खुट्टामा चोट अबस्था बोल्न सक्ने मध्यम ।
७) जिल्ला सप्तरी खड्क नपा वडा नं. बर्ष अं. ४० को दिनेश कुमार चौधरीको टाउकोमा चोट अबस्था मध्यम ।
८) जिल्ला सप्तरी खड्क नपा वडा नं. बर्ष अं. ४० को दिनेश कुमार चौधरीको श्रीमती बर्ष अं. ३६ की चन्द्रिका चौधरीको दुबै हात खुट्टामा चोट अबस्था मध्यम ।
९) जिल्ला सप्तरी लहान नपा १ बस्ने बर्ष ५० प्रभानन्द चौधरीको शरिरको विभिन्न भागमा चोट अबस्था मध्यम ।
१०)जिल्ला सप्तरी सुरुङगा न पा ९ बस्ने बर्ष अं. ३६ को पुरुषोतम चौधरीको शरिरको विभिन्न भागमा चोट अबस्था मध्यम ।

ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा सुनसरी
१. जिल्ला सप्तरी कंचनपुर नपा वडा नं. ११ बस्ने बर्ष अं. ४५ की मन्जु चौधरी टाउको र शरिरको विभिन्न भागमा चोट अबस्था गम्भिर ICU मा उपचार भईरहेको ।
२. जिल्ला सिराहा लाहान नपा वडा नं. २३ बस्ने बर्ष अं. ५५ को सुकदेव साह दुबै खुट्टामा चोट अबस्था गम्भिर ICU मा उपचार भईरहेको ।

३. जिल्ला सप्तरी कंचनुर नपा वडा नं. नखुलेको बर्ष अं. ५० को सत्य नारायण राम टाउको र वाँया खुट्टा भाचिएको अबस्था गम्भिर ICU मा उपचार भईरहेको ।
४. जिल्ला सप्तरी सुरुङगा नपा ७ बस्ने बर्ष ४० की परमेश्वरी देवी रामको दुबै खुट्टामा चोट अबस्था मध्यम ।
५. जिल्ला सप्तरी सुरुङगा नपा ७ बस्ने बर्ष ४० की परमेश्वरी देवी रामको छोरा बर्ष अं. २० को श्रवन कुमार रामको ओठ र वाँया खुट्टामा चोट, अबस्था मध्यम ।
६. जिल्ला सिराहा लाहान वडा नं. ९ बस्ने बर्ष अं. ५५ को लोचन पासवानको वाँया खुट्टा र छातिमा चोट, अबस्था मध्यम ।
७. जिल्ला सप्तरी सुरुङ्गा ७ बस्ने बर्ष अं.३५ की सैरुल खातुनको वाँया खुट्टा र अनुहारमा चोट सामान्य ।
८. जिल्ला सिराहा लाहान नपा वडा नं. ११ बस्ने बर्ष अं. ४२ को शिवितराम चौधरीको वाँया खुट्टामा चोट अबस्था सामान्य ।
९. जिल्ला सिराहा लाहान नपा ७ बस्ने बर्ष अं. ४४ को सन्तोष कुमार ‍मण्डलको वाँया खुट्टामा चोट अबस्था मध्यम ।
१०. दुई जना घाईतेको नामथर वतन नखुलेको ICU मा उपचार्थ रहेको, अबस्था बोल्न नसक्ने गम्भिर।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka