Premier Cables
Premier Steel

समाचार

उदयपुरमा जन्मदिनको भोज खाएर २७ जना बिरामी

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २३, २०८२  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नमुना चौकमा आयोजित एक जन्मदिनको भोजपछि २७ जना बिरामी परेका छन्।

बिहीबार साँझ जितेन्द्र राईको घरमा आयोजना गरिएको जन्मदिनको कार्यक्रममा सहभागी भएका स्थानीयहरू अचानक बिरामी परेका हुन्।

बिज्ञापन

भोजपछि उनीहरूलाई झाडापखाला र बान्ता हुने समस्या देखिएपछि तत्काल जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए।

बिरामी हुनेमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa