Premier Cables
Premier Steel

कोशी प्रदेश

उदयपुर हावाहुरी: १ करोड २० लाख रुपैयाँ बराबरको क्षति

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | अपराह्न १:३७ बजे
Hamro Biratnagar Headlines

उदयपुर । उदयपुरमा आएको हावाहुरीका कारण करिब १ करोड २० लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाका ६ स्थानीय तहमा रहेका विद्यालय, सामुदायिक भवन र निजी घर गरी कुल १३५ संरचनामा क्षति पुगेको छ। तीमध्ये सबैभन्दा बढी निजी घर प्रभावित भएका छन्। विवरणअनुसार २ विद्यालय, ५ सामुदायिक भवन र १२८ घरमा क्षति पुगेको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार हावाहुरीले अधिकांश संरचनाको छानो आंशिक तथा पूर्ण रूपमा उडाएको छ। व्यापक क्षति भएका कारण तथ्यांक संकलन गर्न तीन दिन लागेको उनले जानकारी दिए।

कटारी नगरपालिकामा ६३, ताप्लीमा ३२, लिम्चुङबुङमा २५, उदयपुरगढीमा ४, रौतामाईमा २ र चौदण्डीगढीमा २ गरी १२८ घरको छानो उडाउँदा मात्र १ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। प्रभावित घरहरूमा प्रायः जस्तापाताले छाएका काठका घर, साथै ढुंगा–माटो, बाँसको टाटी र फुसका छाना भएका संरचना रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार हावाहुरीका कारण कटारी–५ तिनकुनेचौकका ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी–८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको ज्यान गएको छ। साथै ४६ वर्षीय लीलाबहादुर दनुवार र २० वर्षीया कमलकुमारी मगर गम्भीर घाइते भएका छन्। घाइते मगरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka