Premier Cables
Premier Steel

खेलकुद

कोशी सरकारको सहयोगमा उदयपुरमा नयाँ कभर्ड हल, उपमेयर कप सुरु

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | साँझ ६:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

उदयपुर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको भावना र चाहना अनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन्।

सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित नवनिर्मित ब्याडमिन्टन कवर्ड हल उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार जनभावनाअनुसार काम गर्न निरन्तर प्रतिबद्ध रहेको बताए।

बिज्ञापन

उनले सीमित स्रोत–साधनका बाबजुद प्रदेश र स्थानीय तहमा जनताका धेरै आवश्यकताहरू पूरा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै आफुहरू दृढतापूर्वक जनचाहना सम्बोधनमा जुटिरहेको बताए।

थोरै बजेटले धेरै काम पूरा गर्नुपर्ने स्थितिका कारण अनेक योजना अलपत्र पर्नु परेको भन्दै आगामी दिनमा ती कमजोरी सच्याउँदै अघि बढ्ने उनले विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले २०७५ सालमा पहिलोपटक ४६ अर्बको बजेट बनाएको स्मरण गराउँदै अहिले जनताको माग झन् बढ्दो क्रममा रहेको तर बजेट ३६ अर्बमा झरेका कारण धेरै काम चाहेर पनि सञ्चालन गर्न नसकिएको बताए।

देशको अर्थतन्त्र कमजोर भई राज्यको बजेट आकार घट्दै जाँदा समयमै जनताका माग पूरा गर्न कठिनाइ परेको विषयमा सरकारले गम्भीर रहेको उनले उल्लेख गरे।

अतीतमा भौतिक पूर्वाधारलगायत विभिन्न क्षेत्रमा “कनिका छर्ने” शैलीमा बजेट विनियोजन हुने प्रथा अन्त्य गर्दै अब कोशी सरकारले स्पष्ट प्राथमिकता आधारित बजेट प्रणाली अपनाउने र जनचाहना-जनभावनाको सम्बोधन हुनेगरी काम अघि बढाइने मुख्यमन्त्री कार्कीले बताए।

२०७६/७७ सालमा प्रदेश सरकारबाट ५ लाख र नगरपालिकाबाट १० लाख रुपैयाँ विनियोजन गरी निर्माण थालिएको सुन्दरपुर ब्याडमिन्टन कवर्ड हल चौदण्डीगढी नगरपालिकाले गत वर्ष ३२ लाख ८५ हजार लगानी गरेर सम्पन्न गरेको हो। सोमबार मुख्यमन्त्री कार्कीले उक्त हलको उद्घाटन गरे।

यस्तै, सोही हलमा मंसिर २० गतेदेखि सुरु हुने कोशी प्रदेशस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको पनि उनले सोमबारै उद्घाटन गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka