Premier Cables

विराटनगर

रथयात्रामा आउन सिक्किमका मुख्यमन्त्रीको परराष्ट्रलाई पत्र

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्राको तयारी तीव्र भई रहँदा भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छन् । अघिल्ला वर्षपनि भारतका उच्च तहका नेतृत्वहरुलाई आमन्त्रण गर्ने गरिएपनि सहभागी भने भएका थिएनन् ।

विदेशमा हुने औपचारिक कार्यक्रममा सहभागी हुने उच्च ओहोदाका व्यक्तिहरुले परराष्ट्रसँग अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री तामाङले विराटनगरको रथयात्रामा आउन इच्छा भए बमोजिम नेपालबाट गएको पत्राअनुसार भारतीय परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका हुन ।

विज्ञापन

राधाकृष्ण रथयात्रा मूल आयोजक समितिले जनाएअनुसार मुख्यमन्त्री तामाङले यसपटक विराटनगर आउन चाहेका छन् । भारतीय परराष्ट्र मन्त्रालयले इजाजत दिए उनी रथायात्रामा सहभागी हुने छन् । मुख्यमन्त्री तामाङ लगभग विराटनगर आउने तय भएको बताइएको छ ।

मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले दिएको जानकारी अनुसार रथयात्रामा सहभागी गराउन सिक्किमका मुख्यमन्त्रीलाई निमन्त्रण पठाईएपछि उनले आफै भारतको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी रथयात्रामा सहभागी हुन इजाजत मागेका हुन् ।
उनले भने,‘‘यसबारे औपचारिक रुपमा कोसी प्रदेश सरकारले पनि पहल लिई रहेको छ । नेपालको परराष्ट्र मन्त्रालयलाई प्रदेश सरकारले पत्र पठाई रथयात्रामा सहभागी गराइने सम्भावित भारतीय अतिथिहरुको सूची पठाउने तयारी छ । यसबारे हामी मुख्यमन्त्री हिक्मत कार्की ज्यूसँग छलफल गरिरहेका छौं ।’’

मूल आयोजक समितिले जनाएअनुसार यस पटक रथयात्राको समुद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्दै छन् । मुख्यमन्त्रीले मन्दिर परिसरमा विशेष पूजाअर्चना गरेपछि अपरान्ह ३ बजे तीनपैनीबाट रथयात्रा शुरु हुने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka