Premier Cables

विराटनगर

रथयात्रामा आउन सिक्किमका मुख्यमन्त्रीको परराष्ट्रलाई पत्र

Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न १:२५ बजे

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्राको तयारी तीव्र भई रहँदा भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका छन् । अघिल्ला वर्षपनि भारतका उच्च तहका नेतृत्वहरुलाई आमन्त्रण गर्ने गरिएपनि सहभागी भने भएका थिएनन् ।

विदेशमा हुने औपचारिक कार्यक्रममा सहभागी हुने उच्च ओहोदाका व्यक्तिहरुले परराष्ट्रसँग अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री तामाङले विराटनगरको रथयात्रामा आउन इच्छा भए बमोजिम नेपालबाट गएको पत्राअनुसार भारतीय परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका हुन ।

बिज्ञापन

राधाकृष्ण रथयात्रा मूल आयोजक समितिले जनाएअनुसार मुख्यमन्त्री तामाङले यसपटक विराटनगर आउन चाहेका छन् । भारतीय परराष्ट्र मन्त्रालयले इजाजत दिए उनी रथायात्रामा सहभागी हुने छन् । मुख्यमन्त्री तामाङ लगभग विराटनगर आउने तय भएको बताइएको छ ।

मन्दिर व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले दिएको जानकारी अनुसार रथयात्रामा सहभागी गराउन सिक्किमका मुख्यमन्त्रीलाई निमन्त्रण पठाईएपछि उनले आफै भारतको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी रथयात्रामा सहभागी हुन इजाजत मागेका हुन् ।
उनले भने,‘‘यसबारे औपचारिक रुपमा कोसी प्रदेश सरकारले पनि पहल लिई रहेको छ । नेपालको परराष्ट्र मन्त्रालयलाई प्रदेश सरकारले पत्र पठाई रथयात्रामा सहभागी गराइने सम्भावित भारतीय अतिथिहरुको सूची पठाउने तयारी छ । यसबारे हामी मुख्यमन्त्री हिक्मत कार्की ज्यूसँग छलफल गरिरहेका छौं ।’’

मूल आयोजक समितिले जनाएअनुसार यस पटक रथयात्राको समुद्घाटन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्दै छन् । मुख्यमन्त्रीले मन्दिर परिसरमा विशेष पूजाअर्चना गरेपछि अपरान्ह ३ बजे तीनपैनीबाट रथयात्रा शुरु हुने छ ।

*** समाप्त ***
Bagmati
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka