Premier Cables
Premier Steel

समाचार

बेपत्ता थिए दाजु-बहिनी, पाँच दिनपछि मृत भेटिए

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न १२:०६ बजे

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवा क्षेत्रबाट पाँच दिनअघि बेपत्ता भएका दाजु–बहिनी मंगलवार बिहान मृत अवस्थामा फेला परेका छन्।

मृत भेटिनेमा १० वर्षीय शिशिर राई र उनकी ४ वर्षीया बहिनी नानुमा राई रहेका छन्। दुबैको शव विरुवा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले घटनाबारे जानकारी दिँदै, “दुबैको शव खोलाको किनारमा भेटिएको हो। घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।”

हाल प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ। घटना रहस्यमय देखिएकोले प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

हजुरबा र हजुरआमासँग बस्दै आएका उनीहरु साउन १४ गते साँझ बुबा बस्ने घरम गएका थिए । तर, बुबा नभेटेपछि उनी छिमेकीको घरमा बसेका थिए । यसको भोलिपल्ट साउन १५ गते हजुरबा र हजुरआमा बस्ने घर जाने भन्दै हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

बालबालिका बेपत्ता भएको खवर प्राप्त भएसँगै प्रहरी चौकी च्याङथापु र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीसहित स्थानीयले खोजी गरेका थिए । सोही क्रममा मंगलबार उनीहरु मृत फेला परेका हुन् । उनीहरुलाई खोलाले बगाएको आशंका गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka