Warning: session_start(): open(/tmp/sess_3f95f3e8057c4cf978b817fd52489ae2, O_RDWR) failed: No space left on device (28) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270

Warning: session_start(): Failed to read session data: files (path: /tmp) in /home/hamrobir/public_html/wp-content/themes/bhawesh/functions.php on line 270
बेपत्ता थिए दाजु-बहिनी, पाँच दिनपछि मृत भेटिए - Hamro Biratnagar
Premier Cables
Premier Steel

समाचार

बेपत्ता थिए दाजु-बहिनी, पाँच दिनपछि मृत भेटिए

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न १२:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवा क्षेत्रबाट पाँच दिनअघि बेपत्ता भएका दाजु–बहिनी मंगलवार बिहान मृत अवस्थामा फेला परेका छन्।

मृत भेटिनेमा १० वर्षीय शिशिर राई र उनकी ४ वर्षीया बहिनी नानुमा राई रहेका छन्। दुबैको शव विरुवा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले घटनाबारे जानकारी दिँदै, “दुबैको शव खोलाको किनारमा भेटिएको हो। घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ।”

हाल प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको छ। घटना रहस्यमय देखिएकोले प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

हजुरबा र हजुरआमासँग बस्दै आएका उनीहरु साउन १४ गते साँझ बुबा बस्ने घरम गएका थिए । तर, बुबा नभेटेपछि उनी छिमेकीको घरमा बसेका थिए । यसको भोलिपल्ट साउन १५ गते हजुरबा र हजुरआमा बस्ने घर जाने भन्दै हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

बालबालिका बेपत्ता भएको खवर प्राप्त भएसँगै प्रहरी चौकी च्याङथापु र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीसहित स्थानीयले खोजी गरेका थिए । सोही क्रममा मंगलबार उनीहरु मृत फेला परेका हुन् । उनीहरुलाई खोलाले बगाएको आशंका गरिएको छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka