Premier Cables
Premier Steel

अपराध

मोरङका खेतमा दुई शव, घटना रहस्यमय !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | बिहान १०:४१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङमा एकैदिन दुई पुरुष रहस्यमय तरिकाले मृत फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। उर्लाबारी र बेलबारीका दुई छुट्टाछुट्टै धानखेतमा शव भेटिएपछि गाउँमा त्रासको वातावरण छाएको छ।

उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घरनजिकको धानखेतमा रहस्यमय अवस्थामा मृत भेटिएका छन्। प्रहरीले जानकारी दिएको अनुसार, लिम्बूको दायाँ नाकबाट रगत बगेको थियो र शव कक्रिएको अवस्थामा थियो।

बिज्ञापन

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल ट्रमा सेन्टर पठाएको छ। मृत्युको कारण अझै अज्ञात छ।

त्यसैगरी, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ ६:३० बजे आफ्नै खेतमा मृत फेला परे। उनी युरिया मल छर्न घरबाट निस्किएका थिए, तर खेतमै घोप्टो परेको अवस्थामा उनको शव भेटियो।

दुईजनाको शव खेतमा भेटिनुले गाउँमा शंका, डर र चर्चा सबै बढेको छ। स्थानीयहरू “के यो संयोग हो कि कुनै श्रृंखलाबद्ध रहस्य?” भन्ने प्रश्न गर्न थालेका छन्।

इलाका प्रहरी कार्यालय उर्लाबारी र बेलबारी दुवैले घटनाको विस्तृत अनुसन्धान थालिएको बताएको छ। दुवै शवको पोस्टमार्टम प्रतिवेदनपछि मात्रै वास्तविक कारण थाहा हुने प्रहरीको भनाइ छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka