Premier Cables
Premier Steel

राजनीति

‘कुलिङ पिरियड’को दबाब : सभापति खतिवडाले राजीनामा गर्लान ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिबारे छानबिन विशेष समितिको प्रतिवेदन अध्ययन गरेपछि मात्र निर्णय लिने बताएका छन्।

खतिवडाकै कमजोरीका कारण प्रतिवेदनमा हेरफेर भएको उनीमाथि गम्भीर आरोप लाग्दै आएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले खतिवडालाई समितिको पदमा रहिरहन नैतिक रुपमा उचित नभएको प्रतिक्रिया नै दिई सकेका छन् । दबाबबीच खतिवडाले राजीनामा दिनुपर्ने आवाज समेत उठ्न थालेको छ ।

छानबिन समितिले उक्त विधेयकमा उल्लेख भएको ‘कुलिङ अफ पिरियड’ निष्क्रिय हुने भाषा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा ‘सभापति खतिवडाको हस्ताक्षर रहेको विधेयकमा यस्तो त्रुटि रहनु राजनीतिक तथा नैतिक जिम्मेवारीको विषय भएको’ उल्लेख गरिएको छ।

खतिवडाले आफूले प्रतिवेदन अहिलेसम्म नहेरेको बताउँदै भने, ‘मैले रिपोर्ट हेरेको छैन। म त शुरुदेखि नै कुलिङ पिरियड राख्नुपर्ने पक्षमा थिएँ। रिपोर्ट हेरेर, नेतृत्वसँग सल्लाह गरेर निर्णय गर्छु के गर्ने भनेर।’

उनले विधेयकमा हस्ताक्षर गरे पनि त्रुटि सन्दर्भमा एकल दोष आफूमा मात्र नरहेको प्रस्ट पारे। ‘यो हटाउने वा नराख्ने जिम्मा त कानुन मन्त्रालय र सम्बन्धित मन्त्रालयको हो,’ उनले भने, ‘
‘सभापति म भए पनि पारित गर्ने त संसद हो नि।’

छानबिन समितिले नैतिक जिम्मेवारी ठहर गरेपछि खतिवडाले त्यसबारे प्रतिक्रिया दिँदै भने, ‘नैतिक जिम्मेवारी भनेको सही गरेको आधारमा हो होला। हामीले सही गरेर पठायौं। संसदमा पनि त्यो १५ दिनसम्म थियो। सबै माननीय सदस्यले हेरेर अगाडि बढाएको हो।’

उनले प्रतिनिधि सभामा विधेयक पुगेपछि २७५ सांसदले हेर्ने अवसर पाएको जिकिर गर्दै समितिको सभापति हैसियतमा आफूले जिम्मेवारी लिन तयार रहेको बताए। साथै, छानबिन समिति गठन भएको दिनदेखि नै आफूले नैतिकता देखाएको दाबी पनि उनले गरे।

‘छानबिन समिति बनेको दिनदेखि नै म राज्य व्यवस्था समितिमा गएको छैन। गाडी फिर्ता गरिसकेको छु, मिटिङ राखेको छैन,’ खतिवडाले भने, ‘मैले नैतिकता प्रदर्शन त त्यही दिनदेखि गरिराखेको छु।’

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka