Premier Cables
Premier Steel

समाचार

समापन भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा

Calendar आइतबार, भाद्र ०१, २०८२  | राती १०:४० बजे

विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा  आइतबार विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ ।

अपरान्ह ४ बजे शुरु भएको रथयात्रा राति १० बजे समापन भएको छ ।

बिज्ञापन

यो पटक नयाँ रथ निर्माण गरी राधाकृष्णलाई विराजमान गराई रथयात्रा निकालिएको थियो ।

तीनपैनीस्थित मन्दिरमा आएर रथयात्रा विधिपूर्वक समापन भएको हो ।

तीनपैनी चोकबाट शुरु भएको रथले महानगरको मेनरोड हुंदै रोडशेष चोकबाट उत्तर आई बरगाछी चोकबाट पूर्व मन्दिरतर्फ आएको थियो ।

मन्दिरका मूल पुरोहितले विधिपूर्वक रथ समापन गरेका छन् । दिउँसो कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यात्रा शुरु गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka