Premier Cables
Premier Steel

समाचार

मोरङ प्रहरीको अपिल : रथयात्रामा जाँदा गरगहना नलगाउनु

Calendar आइतबार, भाद्र ०१, २०८२  | अपराह्न १:५४ बजे

विराटनगर । राधाकृष्ण रथयात्रामा व्यक्तिगत सुरक्षामा ध्यान दिन मोरङ प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ ।

रथयात्राको क्रममा भिडमा चोरीका घटनासमेत हुन सक्ने भन्दै प्रहरीले आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी कोपिला चुँडालले प्रहरीले अधिकतम सुरक्षाको व्यवस्था मिलाए पनि नागरिकले समेत ध्यान दिनुपर्ने बताएका छिन् ।

बिज्ञापन

उनले बहुमूलय गरगहना नलगाई रथयात्रामा सहभागी हुन र मोबाइल फोन समेत नबोक्न आग्रह गरेकी छिन् । आज रथयात्रा सुरक्षाको लागि विराटनगरमा एक हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka