Premier Cables
Premier Steel

मौसम

देशभर वर्षा, दुई दिन पानी पर्ने

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान ७:४६ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशका धेरै ठाउँमा शुक्रबार साँझदेखि वर्षा भइरहेको छ भने शनिबार पनि केही स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यही मौसमी अवस्था अझै दुई दिनजति कायम रहने देखिएको छ।

बिज्ञापन

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार (साउन १८) कोसी र मधेस प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, वाग्मती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्छ।

उनका अनुसार आइतबार र सोमबार (साउन १९) देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मंगलबार (साउन २०) वर्षाको सम्भावना केही कम देखिएको उनले जानकारी दिइन्।

आइतबार काठमाडौं उपत्यकामा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हाल नेपालभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतिर, अर्थात् नेपालनजिकै रहेकाले वर्षाको मात्रा बढेको मौसमविद् कँडेलले बताइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka