Premier Cables
Premier Steel

मौसम

धेरै स्थानहरूमा भारी वर्षा हुने अनुमान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २५, २०८२  | बिहान ८:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । देशभर भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जानकारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आइतबार बेलुकादेखि वर्षा क्रमशः बढ्दै जानेछ र बुधबार (साउन २८) सम्म धेरै स्थानहरूमा भारी वर्षा हुने अनुमान छ।

बिज्ञापन

उनका अनुसार, केही ठाउँमा भीषण वर्षा पनि हुन सक्छ। “आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जानेछ, बुधबारसम्म धेरै ठाउँमा भारी वर्षा हुनेछ, र केही स्थानमा भीषण वर्षा हुन सक्ने सम्भावना देखिन्छ,” पोखरेलले आइतबार बिहान सामाजिक सञ्जालमार्फत लेखेका छन्।

पोखरेलका अनुसार भारी वर्षा पूर्वी भेगबाट सुरु भई पश्चिमतिर फैलिनेछ। “बुधबारसम्म पश्चिमी क्षेत्रसम्म भारी वर्षा पुग्ने देखिन्छ,” उनले बताएका छन्।

यस वर्ष मनसुन सुरु भएदेखि देशका केही स्थानमा मात्र हल्का वा मध्यम वर्षा भएको थियो भने तराई क्षेत्रमा खडेरीको अवस्था देखिएको थियो। तर, साउन महिनाको दोस्रो साता तथा अगस्टको सुरुवातदेखि देशभर वर्षा सक्रिय रहेको मौसमविद् पोखरेलको भनाइ छ।

सावधानी अपनाउन आग्रह गर्दै मौसमविद्हरूले जलवायुसम्बन्धी जोखिमबाट सतर्क रहन सबैलाई अनुरोध गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka