Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्पले एआईमार्फत ओबामा गिरफ्तारी गराएको भिडियो भाइरल

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि एक सामाजिक सञ्जाल भिडियो पोस्ट गर्दै तीव्र प्रहार गरेका छन्। ट्रम्पले ट्रुथ सोसल प्लेटफर्ममा एक एआई भिडियो पोस्ट गर्दै ओबामालाई गिरफ्तार गर्दै जेलमा थुनेको देखाएका छन्। साथै, उनले “कोही पनि कानुनभन्दा माथि छैन” भन्ने सन्देश पनि लेखेका छन्।

यो भिडियो खासगरी ओबामामाथि लागेको २०१६ को राष्ट्रपति चुनावमा धाँधलीको आरोपसँग जोडिएको छ, जुन हाल ट्रम्प प्रशासनले प्रकट गरेको छ।

बिज्ञापन

ट्रुथ सोसलमा ट्रम्पले पोस्ट गरेको एआई भिडियोमा ओबामालाई “कोही पनि कानुनभन्दा माथि नभएको, विशेष गरी राष्ट्रपति” भन्ने भनाइको साथ देखाइएको छ। त्यसपछि ओबामालाई ट्रम्पसँग ह्वाइट हाउस कार्यालयमा बस्दा एफबीआई एजेन्टहरूले हतकडी लगाएर गिरफ्तार गर्दै लैजान्छन्। भिडियोमा, ओबामा गिरफ्तारीको समयमा ट्रम्प हाँस्दै रहेको दृश्य देखाइएको छ।

ओबामालाई सुन्तला रङको जम्पसुट लगाएर जेलमा पठाइने र त्यहाँ उदास भएर बसिरहेको देखाइएको छ।

ट्रम्पले यो काल्पनिक भिडियो पोस्ट गरेका छन्, तर उनले “डिस्केमर” जारी नगरेकोले यो कदम व्यापक आलोचनाको शिकार भएको छ। धेरै आलोचकहरूले ट्रम्पको यो कदमलाई असंवेदनशील र खतरनाक ठहर गरेका छन्।

हालै ट्रम्प प्रशासनका गुप्तचर एजेन्सी प्रमुख र कंग्रेस पूर्वसदस्य तुलसी गबार्डले ओबामा प्रशासनमाथि २०१६ को चुनावमा धाँधली गरेको आरोप लगाएकी छन्। गबार्डले भनिन् कि ओबामा र उनका अधिकारीहरूले जानाजानी रुसको हस्तक्षेपको झुटो कहानी बनाएर ट्रम्पको वैध जितलाई शंकास्पद बनाउन खोजेका थिए।

गबार्डले पूर्व डीएनआई जेम्स क्ल्यापर, सीआईए निर्देशक जोन ब्रेनन, र एफबीआई निर्देशक जेम्स कोमीमाथि झुटो गुप्तचर रिपोर्ट तयार गरेको आरोप लगाएकी छन्। यसलाई उनले “देशद्रोही षड्यन्त्र” को संज्ञा दिँदै, ट्रम्पको सत्ता कम्जोर बनाउने लामो समयदेखि चलिरहेको षड्यन्त्रको हिस्सा भएको दाबी गरिन्।

गबार्डले भनेकी छिन् कि ओबामा प्रशासनले मिडियामा झुटो समाचार फैलाउन जानाजानी गोपनीय जानकारी चुहाएका थिए, र वासिङटन पोस्ट जस्ता प्रमुख मिडिया संस्थाहरूमा रुसको साइबर आक्रमणको झुटो समाचार फैलाएका थिए। उनले २०१७ को जनवरी ६ मा जारी गुप्तचर रिपोर्टलाई “अविश्वसनीय” र “फर्जी दस्ताबेज” भनेकी छिन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka