Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजार सूचक २६ सय मनोवैज्ञानिक विन्दुभन्दा तल

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, असार ०८, २०८२  | अपराह्न ३:३९ बजे

काठमाडौं । सेयर बजार सूचक पुनः २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल झरेको छ । नेप्से सूचक आइतबार ३२.१६ विन्दुले घटेर २५९६.७४ अंकमा आएको छ ।

करिब ३ महिनापछि नेप्से सूचक २६ सय विन्दुभन्दा तल बन्द भएको हो । आइतबार ९ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको हो ।

बिज्ञापन

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र अर्को एक कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यस दिन सूचीकृत सबै समूहमा गिरावट आएको छ । पहिलेदेखि नै कमजोर अवस्थामा रहेको सेयर बजारमा असार मसान्त नजिकिँदै जाँदा थप दबाब परेको छ । चालु आर्थिक वर्षको अन्तिम महिना भएका कारण लगानीकर्ता केही निष्कृय बनेका छन् ।

मसान्त नजिकिँदै जाँदा लगानीकर्ताहरुलाई बैंकको साँवा ब्याज भुक्तानीको दबाब पर्ने भएकाले बजारमा बिक्रीचाप गर्ने गर्दछ । यता, आगामी आर्थिक वर्षको मौद्रिक नीति र सूचीकृत कम्पनीको वित्तीय विवरण पनि लगानीकर्ताको पर्खाइमा छ । जसका कारण लगानीकर्ताहरु सेयर खरिद तर्फ आकर्षित हुन नसकेको विश्लेषण गरिएको छ ।

यद्दपि, घट्दो बजारमा भाउ सस्तो हुने भएकाले यसलाई सेयर खरिदका लागि आवसरको रुपमा पनि लिन सकिन्छ ।

यस दिन ३ सय १० कम्पनीको २ करोड १५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा दोर्दी खोला जलविद्युत कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बुटवल पावर कम्पनी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka