Premier Cables
Premier Steel

शेयर बजार

सकारात्मक लयमा शेयर बजार, नेप्से २७३१.८० विन्दुमा बन्द

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २६, २०८२  | साँझ ४:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको सकारात्मक धार बिहीबार पनि कायम रह्यो। बिहीबार नेप्से सूचक २५.८९ अंकले उकालो लाग्दै २७३१.८० विन्दुमा पुगेको छ। यस दिन कुल ९ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

बिहीबारको कारोबारमा विशेषतः बैंकिङ समूहमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। बैंकिङ इन्डेक्समा ३.१५ प्रतिशतको वृद्धि भएपछि उक्त समूहले समग्र बजार वृद्धिमा प्रमुख भूमिका खेलेको हो।

बिज्ञापन

हालका दिनहरूमा बजार विभिन्न सेक्टरमा घुमाउँदै अघि बढिरहेको देखिन्छ। केही दिन अघिसम्म फाइनान्स र हाइड्रोपावर समूहमा लगानीको आकर्षण देखिएको भए पनि हाल बैंकिङतर्फ लगानीकर्ताको रुचि बढेको छ। यसले समग्र बजारमा सकारात्मक ट्रेन्ड देखा पर्न थालेको संकेत दिएको छ।

तर, प्राविधिक विश्लेषण अनुसार, नेप्से सूचक अझै पनि २६ सयदेखि २८ सय विन्दुको साइडवेज रेन्जमै सीमित छ। जबसम्म सूचक उक्त दायरा पार गरेर माथि जान सक्दैन, तबसम्म बजार नयाँ ट्रेन्डमा प्रवेश गरेको मानिंदैन। यद्यपि, ब्याजदरमा केही सहजता आएको र नीतिगत स्थायित्व देखिन थालेकाले आगामी दिनमा बजारमा थप सुधारको आशा गरिएको छ।

बिहीबार ३१२ वटा कम्पनीका २ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकमका हिसाबले एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी ५७ करोड ५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेचसहित शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा बुटवल पावर कम्पनी र तेस्रो स्थानमा सानिमा बैंक लिमिटेड रहेका छन्।

बजारले स्थिरतामार्फत सुधारको संकेत दिइरहेकाले लगानीकर्ताहरू अब नयाँ प्रवृत्तिको प्रतिक्षामा छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka