Premier Cables
Premier Steel

शेयर बजार

लगातर तेस्रो दिन पनि घट्याे शेयर बजार, सबै सूचक राताम्यै

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सेयर बजार बिहीबार लगातर तेस्रो दिन पनि घटेको छ । नेप्से सूचक बिहीबार २४.५९ विन्दुले घटेर २६२९.०८ अंकमा आएको छ । यसअघिका २ दिनमा पनि बजार घटेको थियो । बिहीबार ११ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्से सूचक घटे पनि विगत केही दिनको तुलनामा सेयर कारोबार रकम बढेको हो ।

एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र ३ वटा कम्पनी नकारात्मक लेबलमा कारोबार भएका छन् । यस दिन सूचीकृत सबै समूहमा गिरावट आएको छ । पछिल्लो समय सेयर बजारलाई नकारात्मक असर पार्ने विषयहरु खासै नदेखिएपनि लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको देखिँदैन ।

बिज्ञापन

खासगरी बजारमा अधिक तरलताको स्थिति छ भने बजारलाई प्रत्यक्ष प्रभाव पार्ने ब्याजदर अहिले निकै सस्तो छ । अहिले नीतिगत विषयहरु पनि निकै सहज बन्दै गएका छन् । यद्दपि, लगानीकर्ताको लगानी निर्णयमा यी पक्षहरुले मात्र प्रभाव हुँदैन । सूचीकृत कम्पनीको वित्तीय विवरण र उनीहरुले वितरण गर्न सक्ने लाभांश पनि लगानीकर्ताका लागि प्रमुख चासोको विषय हुने गर्छ ।

असार मसान्त नजिकिँदै गएकाले कम्पनीहरुको वर्षभरीको वित्तीय अवस्थालाई लगानीकर्ताहरुले पर्खिरहेको देखिन्छ । विगतमा पनि सूचीकृत कम्पनीहरुको लाभांश क्षमतामा निकै ह्रास आएका कारण अहिले कम्पनीहरुको अवस्था कस्तो छ भन्ने विषय लगानीकर्ताको चासोमा परेको छ । यसले पनि बजारलाई नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ ।

यस दिन ३ सय १४ कम्पनीको २ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka